साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यकार मञ्जु काँचुली तिवारीकाे लघुकथा सङ्ग्रह“काँचुलीका लघुकथा” प्राप्त भएको छ ।
साहित्यकार मञ्जु काँचुली तिवारीकृत लघुकथा सङ्ग्रह हो – “काँचुलीका लघुकथा” ।
९२ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘भोगाइ’, ‘मनका ढोका’, ‘एउटा कविको देहवसानपछि’, ‘राेग निदान’, ‘अचम्मको रोग’, ‘भकुण्डो कि पुतली !’, ‘नेताको परिभाषा’ लगायत ३८ थान लघुकथा सङ्ग्रहित छन् ।
‘काँचुलीका लघुकथा’मा आजको समाज छ । अव्यवस्थित राजनीतिको चित्रण छ । जीवन छ । दर्शन छ । महान् पुरुषको आडम्बरी प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । पारिवारिक समस्याहरूलाई सम्बोधन गरी वर्णनात्मक र नाटकीय शैलीको प्रयोगले लघुकथाहरू प्रभावशाली छन् ।
‘काँचुलीका लघुकथा’ले प्रेमको मिठो परिभाषा खोली विसङ्गत जीवनप्रति सकारात्मक हुन यसरी व्यक्त गरिएकाे पाइन्छ ।
‘सुख वा दुःखको चिन्ता छोड
आनन्द मनमा रहनेछौ
जिन्दगीलाई माया गर्ने गर
अनन्त माया पाउनेछौ
तथास्तु ।’
पुस्तकलाई मन्जु काँचुली तिवारीले प्रकाशनमा ल्याएका हुन् र पुस्तकको मूल्य १ सय ८० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।