साताकाे पुस्तककाे रूपमा साहित्यपाेस्टलाई समालोचक युवराज मैनालीकाे “दृष्टि : दृष्टिकोण”  प्राप्त भएकाे छ ।

३ सय १२ पृष्ठमा फैलिएको यस समालोचना सङ्ग्रहमा ‘एक अञ्जुली जूनकीरी’, ‘सन्तान’, ‘प्रकृतिमा मान्छे’, ‘उलार’, ‘नीलडाम’ आदि मुक्तक, कविता, निबन्ध, नाटक, उपन्यास २९ कृतिहरूको सूक्ष्म रूपमा मिहीन ढङ्गले समालोचनात्मक टिप्पणी गरिएको पाइन्छ ।

प्रकाशकीयमा लेखिएको छ, “कृतिविशेषलाई गहन अध्ययन गरी त्यसभित्रका सम्पूर्ण तथ्यहरूको सार खिची समीक्षात्मक विश्लेषण गर्नु नै समालोचनाको प्रमुख धर्म हो । प्रस्तुत कृतिमा लेखक केन्द्रितभन्दा पाठककेन्द्रित समालोचनाको बढी प्रयोग भएको छ । कृतिलाई फरक तरिकाले फरक ढङ्गबाट समालोचना गरिएको यसमा यथार्थपरक समालोचकीइ धर्म निर्वाह गरिएको छ । पाठक र पाठको भावनालाई ध्यान दिँदै सरल भाषामा नै यी समालोचनाहरू तयार भएका छन् । कथा, कविता, उपन्यास, निबन्ध आदिको कलात्मक पारामा मिथकीय प्रयोगका माध्यमबाट कृतिपरक समीक्षा गर्नु यसको प्रमुख विशेषता रहेको छ ।”

साझा प्रकाशनबाट बजारमा ल्याएको यस पुस्तकको मूल्य ५ सय ८० रुपियाँ रहेको छ ।