विगत ५४ वर्षदेखि प्रकाशित हुँदै आएको साहित्यिक द्वैमासिक पत्रिका ‘अभिव्यक्ति’ को २१९ औँ अङ्क प्रकाशित भएको छ । वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा संस्थापक तथा संरक्षक हुनुभएको अभिव्यक्ति पत्रिकाको प्रधान सम्पादक पवन आलोक र कार्यकारी सम्पादकदेविका तिमिल्सिना हुनुहुन्छ । प्रणयराज घिमिरे र ओपलराज घिमिरे सम्पादक र सल्लाहकारमा श्रीओम श्रेष्ठ ‘रोदन’ हुनुहुन्छ ।

वरिष्ठ कलाकार तथा कवि नरेन्द्रबहादुर श्रेष्ठको आवरण कला रहेको अभिव्यक्तिको बैशाख–जेठ २०८० अङ्कमा साहित्यकार वियोगी बुढाथोकी, नरेन्द्रराज पौडेल, डा.दामोदर पुडासैनी ‘किशोर’का लेखरचना छन् । सरुभक्त, ज्ञानुवाकर पौडेल, लीलाराज दाहाल, सानुराजा श्रेष्ठ ‘अन्जान’, पेशल आचार्य, जीवनपानी, टिपी तिमिल्सिना र सुमन शिरीषका कविता, गीत, गजल रहेका छन् ।

वरिष्ठ निबन्धकार तथा संस्कृतिविद तेजेश्वरबाबु ग्वंगसँगको विशेष साक्षात्कार रहेको यस अङ्कमा नरनाथ लुईँटेल र शङ्कर शाहका हास्यव्यङ्ग्य समावेश छन् । सृजन लम्साल र सुमन थापा संगमका समीक्षा र गाविन्दसिंह रावत, दिव्य गिरी, कृष्ण बजगाई र जानु धितालका कथा, लघुकथा रहेका छन् ।