अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरको आयोजनामा शरद निरौलाको पुस्तक ”एटलान्टिकदेखि प्रशान्त महासागरसम्म्म” नियात्रा संग्रहको लोकार्पण कार्यक्रम हुने भएको छ ।

२४ जुनमा हुने उक्त कार्यक्रममा पुस्तकको समीक्षासमेत गरिने छ । सो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरको संयोजनमा भर्जिनिया राज्यको आर्लिङटनमा रहेको केन्द्रीय पुस्तकालयमा सम्पन्न गर्न तय गरिएको जनाइएको छ ।

लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी सी मेट्रो च्याप्टरका पूर्व अध्यक्षसमेत हुन् । उनको यो नवौं कृति हो । यात्रामा आधारित उक्त पुस्तक दायित्व वाङ्मय प्रतिष्ठान, काठमाण्डौले प्रकाशन गरेको छ ।

कार्यक्रममा डी सी मेट्रो क्षेत्रका साहित्यकार, समाजसेवी र साहित्यानुरागी व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ ।

जगन्नाथ पौडेलको रिपोर्ट