पाल्पामा हास्यव्यङ्ग्य सङ्ग्रह लाेकार्पण कार्यक्रम सम्पन्न

४ असार २०८०

धवल पुस्तकालय पाल्पाको संयाेजनमा वरिष्ठ साहित्यकार चाेलेश्वर शर्माको सगरमाथा एक पहाडकाे नाम हाेइन हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहकाे लाेकापर्ण कार्यक्रम भव्य समारोहबीच सम्पन्न भएको छ । कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा. डा. गाेविन्दराज भट्टराई हुनुहुन्थ्यो । जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । साहित्यिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, विद्यालयका प्रअ, साहित्यकार, सञ्चारकर्मी लगायतलाई अतिथिका रूपमा आमन्त्रण गरिएको थियोे ।
कृतिकार चनेलेश्वर शर्माको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्ने काम टंक पन्थबाट भयाे । कार्यक्रमकाे समुद्घाटनपश्चात कृति लाेकार्पण गरिएको थियोे । कृतिमाथि समीक्षा गर्ने काम साहित्यकार दीन पन्थी र वनमाली निराकारले गर्नुभएको हाे । साहित्यकार तथा समीक्षक दीन पन्थीले पहिलो कृतिको समीक्षा २०५७ सालमा लेखेको र अहिले दाेस्राे कृतिको समीक्षा गर्ने अवसर पनि आफूलाई प्राप्त भएको धारणा राख्नुभयाे । हास्यकाे सम्बन्ध रससँग र व्यङ्ग्यकाे सम्बन्ध अर्थसँग रहेको विचारका साथमा सफल साहित्यकारले हास्यका तुलनामा व्यङ्ग्यलाई उपयोग गरेकोे कुराका साथमा चाेलेश्वर शर्माले पनि व्यङ्ग्यलाई प्रमुख आधार बनाएको विचार व्यक्त भयो । कृतिको सम्यक समीक्षा गर्न नसकिने विचारसमेत उहाँले व्यक्त गर्नुभयो । हरेक शब्दमा मर्म छ सबै निबन्ध गुलिया छन् भन्ने निष्कर्ष उहाँको थियोे । विकृतिमाथिकाे तिखो व्यङ्ग्य निबन्धकाे सार पक्ष रहेको कुरा उहाँले व्यक्त गर्नुभयो । साहित्यकार वनमाली निराकार पुस्तककाे बाह्य र आन्तरिक पक्षलाई प्रकाश पार्ने काम गर्नुभयो । मुखपृष्ठमा हास्यव्यङ्ग निबन्धसङ्ग्रह नराख्दा राम्रो हुने विचारउहाँले व्यक्त गर्नुभयो । निबन्ध पढ्दै जाँदा हामी स्वयं व्यङ्ग्यकाे पात्र बनेकाे अनुभूति हुने विचार व्यक्त गर्नुभयो । केन्द्रले माेफसलकाे प्रतिभालाई मारेको बिम्ब यी निबन्धमा व्यक्त भएको यथार्थलाई उहाँले प्रस्तुत गर्नुभयो । साहित्यका क्षेत्रमा भएका विकृतिको मार्मिक यथार्थलाई चाेलेश्वर शर्माले उजागर गरेकाे कुरा उहाँले व्यक गर्नुभयो । सम्पूर्ण साहित्यकाे अध्ययन गरेर मात्र यी व्यङ्ग्यहरू आएको प्रस्ट पार्नुभयाे । साहित्यकार विजय सागरले ‘तानसेन बादलमाथिकाे सहरकाे नाम’ र ‘सगरमाथा एक पहाडकाे नाम हाेइन’ शीर्षकका निबन्धमा राष्ट्रवादी चेतनाकाे सघन प्रस्तुति रहेको विचार व्यक्त गर्नुभयो । पत्रकार महासंघका पूर्व अध्यक्ष गाेविन्द भट्टराईलेचाेलेश्वर शर्माको प्राज्ञिक र साहित्यिक याेगदान सुकिलाे रहेको सन्दर्भसहित गहन कृतिकाे प्रकाशनका लागि शुभकामना व्यक्त गर्नुभयो । मर्म छ सबै निबन्ध गुलिया छन् भन्ने निष्कर्ष उहाँको थियोे । विकृतिमाथिकाे तिखो व्यङ्ग्य निबन्धकाे सार पक्ष रहेको कुरा उहाँले व्यक्त गर्नुभयो । साहित्यकार वनमाली निराकार पुस्तककाे बाह्य र आन्तरिक पक्षलाई प्रकाश पार्ने काम गर्नुभयो । मुखपृष्ठमा हास्यव्यङ्ग निबन्धसङ्ग्रह नराख्दा राम्रो हुने विचारउहाँले व्यक्त गर्नुभयो । निबन्ध पढ्दै जाँदा हामी स्वयं व्यङ्ग्यकाे पात्र बनेकाे अनुभूति हुने विचार व्यक्त गर्नुभयो । केन्द्रले माेफसलकाे प्रतिभालाई मारेको बिम्ब यी निबन्धमा व्यक्त भएको यथार्थलाई उहाँले प्रस्तुत गर्नुभयो । साहित्यका क्षेत्रमा भएका विकृतिको मार्मिक यथार्थलाई चाेलेश्वर शर्माले उजागर गरेकाे कुरा उहाँले व्यक गर्नुभयो । सम्पूर्ण साहित्यकाे अध्ययन गरेर मात्र यी व्यङ्ग्यहरू आएको प्रस्ट पार्नुभयाे । साहित्यकार विजय सागरले ‘तानसेन बादलमाथिकाे सहरकाे नाम’ र ‘सगरमाथा एक पहाडकाे नाम हाेइन’ शीर्षकका निबन्धमा राष्ट्रवादी चेतनाकाे सघन प्रस्तुति रहेको विचार व्यक्त गर्नुभयो । पत्रकार महासंघका पूर्व अध्यक्ष गाेविन्द भट्टराईलेचाेलेश्वर शर्माको प्राज्ञिक र साहित्यिक याेगदान सुकिलाे रहेको सन्दर्भसहित गहन कृतिकाे प्रकाशनका लागि शुभकामना व्यक्त गर्नुभयो ।
तरङ्ग साहित्य संगमका अध्यक्ष राधाकृष्ण शर्माले कृतिकार आफ्नो गुरु रहेको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले प्रमुख अतिथिको प्राज्ञिक महत्त्वलाई प्रकाश पारी कृतिकारलाई बधाई ज्ञापन गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराईले चाेलेश्वर शर्माको शैक्षिक, प्रशानिक तथा साहित्यिक व्यक्तित्वको प्रकाश पार्नुभयाे । पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गरिमामय कार्यक्रममा उपस्थित हुन पाउँदा गाैरवबाेध भएको विचार व्यक्त गर्नुभयो ।२०५५ सालपछिका उहाँका व्यङ्ग्यहरू यथाशीघ्र पढ्न पाइयोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो । ओझेलमा परेको हास्यव्यङ्ग्यलाई माथि उठाउन चाेलेश्वर शर्मा जस्ता लेखकको खाँचो रहेकाे विचार व्यक्त गर्नुभयो । नगरप्रमुख सन्तोषलाल श्रेष्ठले कृतिकार शर्माको पाल्पाको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सुकिलाे पहिचान रहेको र साहित्यका क्षेत्रमा अझै याेगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । जिल्ला समन्वय पाल्पाका प्रमुख प्रमुख टंकनाथ खनालले चाेलेश्वर गुरुकाे महत्त्वपूर्ण कृति प्रकाशन भएकोमा बधाई व्यक्त गर्नुभयो । सबैजसाे निबन्धहरूमा सामाजिक सांसकृतिक क्षेत्रका विसङ्गतिमाथि प्राहर गरिएको विचार व्यक्त गर्नुभयो । संविधान सभा सदस्य नारायणी शर्माले समाजलाई महत्त्वपूर्ण कृति प्रकाशन गरेकोमा लेखकलाई हार्दिक बधाई व्यक्त गर्नुभयो । संस्कार र आचरणमा आएको स्खलनलाई प्रहार गरी समाजलाई मार्गदर्शन गर्नमा कृतिले याेगदान दिने विश्वास व्यक्त गर्नुभयो । थप कृति प्रकाशनकाे शुभकामना व्यक्त गर्नुभयो ।
कृतिकार चाेलेश्वर शर्माले उपस्थित सम्पूर्ण तह र तप्काका व्यक्तिहरूलाई धन्यवाद दिनुभयो । आफ्नो लेखनका विषयमा धेरै कुरा आएको विचार व्यक्त गरी सिर्जनाकाे पृष्ठभूमिलाई प्रकाश गर्नुभयो । आफ्नाे जागिरे जीवन तथा सिर्जनाकाे अवस्थालाई पनि उल्लेख गर्नुभयो । साहित्यप्रतिकाे दृष्टिकाेणप्रतिकाे मान्यतालाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गर्नुभयो । २०३४ सालदेखि २०७९ सालसम्मकाे साधनाकाे पक्षलाई समेत उहाँले प्रस्तुत गर्नुभयो । आफूले पत्रिकामा पठाएका रचना कुनै पनि फिर्ता नआएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो । आजको दिनमा जीवनमा अत्यन्तै खुसी भएको विचार व्यक्त गर्नुभयो । साथीहरूका सल्लाह सुझावबाट यो शीर्षक राखिएको सन्दर्भ उल्लेख गर्नुभयो । समसामयिक विषय र भावहरू पनि यहाँ व्यक्त रहेको स्वीकृति उहाँको रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गाेविन्दराज भट्टराईले २०५८ सालदेखि पाल्पासँग आफ्नो सम्बन्ध रहेको विचार व्यक्त गर्नुभयो । अदभूत शक्ति भएको व्यक्ति चाेलेश्वर शर्मा रहेको कुरा उहाँले व्यक्त गर्नुभयो । नेपाली स्रष्टाका निबन्धलाई अङ्ग्रेजी भाषामा अनुवाद गरिएको र १५ जना स्रष्टाका छनाेटमा चाेलेश्वर शर्मा परेको विचार व्यक्त गर्नुभयो । विसङ्गतिलाई उधिनेर लेख्ने क्षमता भएको स्रष्टा किन सुस्तायाे भन्ने चिन्ता आफूलाई लागेको विचार उहाँले व्यक्त गर्नुभयो । लेखकले ऋण काढेर भए पनि कृति प्रकाशन गर्नुपर्ने मान्यता उहाँले प्रस्तुत गर्नुभयो । ग्लाेबलाइजेसनले ल्याएको चुनाैतीप्रतिकाे चेतना शर्माका निबन्धमा व्यक्त भएको मर्म प्रस्तुत गर्नुभयो । मानिसका आहारविहार र जीवनशैलीमा आएको आडम्बरप्रति सघन कटाक्ष गरिएको छ । लामाे संरचनामै गहन विचार आउने कुरा उहाँले स्पष्ट पार्नुभयाे । अध्यक्ष युवराज पाैड्यालले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरी कृतिकार चाेलेश्वर शर्मालाई बधाई व्यक्त गर्नुभयो । उपस्थित अतिथि लगायत सहभागीहरूलाई काेषाध्यक्ष सन्तोष खनालले स्वागत गर्नुभयो । कार्यक्रमकाे सञ्चालन महासचिव राजेशकुमार अर्यालले गर्नुभयो ।