काठमाडौं / पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा इन्डिगो इन्कद्वारा आयोजित कार्यक्रममा पत्रकार नेपालको नयाँ उपन्यास ‘पीपला’ सार्वजनिक भएको हो ।
इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा विमोचन गर्नुभयो ।
लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेट्नुभएको छ । साथै, उपन्यासमार्फत लेखकले जनयुद्ध केका लागि भन्ने प्रश्न समेत गर्नुभएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला