यो दक्षिण कोरियाली लेखक “हान काङ”को सन् २०१६ को ‘म्यान बुकर पुरस्कार’ विजेता पुस्तक हो । विद्रोह र निषेध, हिंसा तथा कामुकता एवम् स्वको जटिल रूपान्तरण बारे ‘भेजिटेरियन’, ‘नीलढाम’ र ‘ज्वलन्त रूखहरू’ गरी तीन भागमा लेखिएको सुन्दर र मनै बिथोल्ने उपन्यास हो ।
पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “योङ्ह्ये र उसका पति सामान्य जनमै पर्छन् । अफिसकर्मी पतिका आकाङ्क्षा साधारण र आचरण नबिझाउने छन् भने कर्तव्यपरायण पत्नीका जीवन निरस छ । तर वानस्पतिक जीवन जिउने रहरमा योङ्ह्यले एक्कासि विद्रोह गर्दा दाम्पत्यको सरल रेखा बिथोलिन्छ । उसको विद्रोहले झन् अनौठो र त्रासद आकार लिन थाल्छ । आफ्नै कायाको कारागारबाट मुक्ति खोजिरहेकी याङ्ह्येका सपना झन् गाढा बन्छन् । असम्भव उन्मादको इच्छा छ उसको- रुख बन्ने ।”
पुस्तकलाई बुक हिलले प्रकाशनमा ल्याएको हो । १ सय ८१ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य ४ सय ५५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ फाल्गुन २०८२, शनिबार 










