पोखरा, असार १ / गोपाल खनालको दोस्रो कृति ‘भाइरस आतङ्क’ कविता सञ्चयन बजारमा आउने भएको छ ।
तारकेश्वर गापा–१ दाङसिङ नुवाकोटमा जन्मेर पोखरालाई कर्मथलो बनाउँदै आएका खनाल स्व. घननाथ खनाल र गङ्गादेवी खनालका कान्छा सुपुत्र हुन् ।
खनालको यसअघि ‘सम्झनाका लहरहरू’ गजल सञ्चयन (२०७८) कृति प्रकाशित भइसकेको छ भने माध्यमिक नेपाली व्याकरण सीप, अभिव्यक्ति र अभ्यास (९–१२) २०७९ आधारभूत नेपाली व्याकरण, सहलेखन (६–८) २०७८ प्रकाशित छन् ।
बाराही साहित्य सदन(२०६४) अध्यक्ष—, नमुना साहित्य समूह(२०६७) का.सदस्य, गजल सन्ध्या पोखरा (२०६७) का.सदस्य,नुवाकोट पोखरा सम्पर्क समाज(२०६६)संस्थापक सह— सचिव, दर्पण साहित्य चौतारी (सदस्य), साहित्य सञ्जाल महासङ्घ(सदस्य)लगायतका संस्थाहरुमा संलग्न रहेका उनी शिक्षण र पत्रकारितामा सक्रिय छन् ।
स्वदेश प्रकाशन प्रा.लि.काठमाडौँले सो कृति प्रकाशनमा ल्याउन लागेको सो कृतिमा ९९ कविता सङ्ग्रहित छन् । कृतिको आवरण कला कलाकार, प्राज्ञ रमेश श्रेष्ठको रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 










