
प्रकाश पौडेल “माइला”
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाश पौडेलको नेतृत्वमा नयाँ कार्यकारी समिति घोषणा गरेको छ । अनेसासले ६ साताअघि तोकेको निर्वाचित समितिले विश्वभरका १ हजार २ सय बढी मतादाताहरूले दिएकाे मतका आधारमा नयाँ कार्यकारी समिति चयन गरेकाे निर्वाचन समितिले घाेषणा गरेकाे हाे । संस्थामा करिब २ हजार १ सय जना आजीवन सदस्य रहेकाे जानकारी दिइएकाे छ । समितिकाे अन्तिम नतिजाअनुसार कार्यकारी अध्यक्षमा प्रकाश पौडेल “माइला” निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा गोवर्धन पूजा आजीवन सदस्यहरूले दिएकाे भाेटका आधारमा निर्वाचित भएका हुन् ।
गोवर्धन पूजाले ७५५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी लालगोपाल सुवेदीले ३९७ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतहरू डा. चुडामणि खनाल, तीर्थराज पाण्डे, पुष्पा खनाल, विजयराज भट्टराई, कुमार सिम्खडाले उक्त जानकारी दिएका हुन् ।
अनेसास महासचिवमा सर्वज्ञ वाग्ले निर्वाचित भएका छन् । महासचिव वाग्लेले ६६८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी स्पन्दन विनोदले ४ सय ५२ मत प्राप्त गरेका छन् ।

गोवर्धन पूजा
सदस्यहरूमा सबैभन्दा बढी मत जापानका दीप पाठकले प्राप्त गरेका छन् । पाठकले ८२६ मत प्राप्त गरे । सदस्यमा निर्वाचित हुने मध्ये दुइजना सदस्यहरूले बराबर मत ल्याएर निर्वाचित भएका छन् । दोस्राे धेरै मत प्राप्त गर्नेहरूमा तारा अधिकारी र रणुका बस्नेत छन् । दुबैले ६२८ मत पाएका छन् । त्यसैगरी अर्का सदस्य प्रमोद सारंगले ५ सय ८८ मत प्राप्त गरे भने निजानन्द मल्लले ५७१ प्राप्त गरे ।
उपाध्यक्षहरूमा राजेन्द्र श्रेष्ठ (अमेरिका) बाबा बस्नेत (एसिया) सुनिल संगम (युराेप) र राजेश बुढाथोकी (अाेसेनिया) विजयी भएका छन् । चारैजना क्षेत्रीय अध्यक्षका रूपमा निर्विरोध भएका हुन् ।
कोषाध्यक्षमा कृष्ण गिरी निर्विराेध निर्वाचित भएका छन् । सचिवमा भने निर्वाचन भएकाे थियाे । सचिवमा विमला निराैला र प्रेमप्रसाद भट्टराइबीच प्रतिस्पर्धा भएकाे थियाे । विमला निराैलाले प्रेमप्रसाद भट्टराईलाइ अत्यधिक मतले पराजित गरेकी हुन् । निराैलाले ७ सय ५७ मत प्राप्त गरिन् भने भट्टराइले ३ सय ४८ प्राप्त गरे ।

दीप पाठक

सर्वज्ञ वाग्ले



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

