
हेटौंडा, जेठ २७ / साहित्य संगम मकवानपुरले तुल्सी घिमिरे, साम्ब ढकाल र केदार न्यौपानेलाई सम्मानित गरेको छ ।
शनिबार वनस्खण्डी हेटौंडामा एक कार्यक्रममा बीच साहित्य सर्जकहरू तुल्सी घिमिरेलाई स्व. डाक्टर गणेशकुमार पौडेलद्वारा स्थापित शान्तिदेवी वनस्खण्डी स्मृति सम्मान २०८० र साम्ब ढकाललाई गोपालप्रसाद रिमाल स्मृति साहित्य सम्मान २०८० तथा मार्क्सवादी चिन्तक केदार न्यौपानेलाई श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८० द्वारा सम्मानित गरिएको हो ।
कार्यक्रममा संगमका कोषाध्यक्ष मनोज पोखरेलले सम्मानित व्यक्तित्वहरूबारे चर्चा गर्नुभयो । यस्तै सर्जकहरू पुरुषोत्तम आचार्यले श्यामप्रसाद शर्मा, सुवास खनालले गोपालप्रसाद रिमाल र आरसी रिजालले गणेशकुमार पौडेलका योगदान तथा सिर्जनाले समाजमा पारेको प्रभावबारे चर्चा गर्नुभयो ।
कम्युनिष्ट राजनीतिमा सक्रिय भई जेल जीवन बिताउनु भएका केदार न्यौपानेले जनवादी गीतहरू रचना गर्नु भएको छ । सर्जकहरू तुल्सी घिमिरे गीत तथा कविता लेखनमा सक्रिय सर्जक हुनुहुन्छ भने शाम्ब ढकाल कविता लेखनमा सक्रिय सर्जक हुनुहुन्छ । साहित्यिक कार्यक्रममा उपस्थिति, विचार विमर्श, लेखन तथा वाचन आदिमा सक्रिय सर्जकत्रयका सिर्जना संग्रहित पुस्तकहरू समेत प्रकाशनमा रहेका छन् ।
साहित्यकार गोपालप्रसाद रिमालको जन्म जयन्तीको अवसरमा आयोजित तथासंगमका सदस्य सुनिल गौतमले स्वागत गर्नु भएको सो कार्यक्रम संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता, हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलको प्रमुख आतिथ्यता र हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयका वडाध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
मन्तव्यका क्रममा वडाध्यक्ष सिग्देलले कला, साहित्य, महिला उद्यमी, विज्ञानशैक्षिक सामग्री प्रदर्शनीलगायतका कार्यमा आफू निरन्तर लागिरहेको र नयाँ पुस्तामा सिर्जनाका, कला कौशलका सीप विकास गराउनमा आफू सर्जकहरूसँग सँधै साथसाथ रहेको र रहिरहने बताउनु भयो ।
साहित्य सर्जक, सामाजिक व्यक्तित्व, साहित्यसेवीआदि उपस्थित रहेकोसो कार्यक्रम संगमका सचिव डिबी बर्तौलाले सहजीकरण गर्नु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

थाहा नगरमा पर्यटन साहित्य महोत्सव, गजल महफिल, वहस, पर्या कविता वाचन

साहित्य संगमको ३२३ औँ साहित्य सन्ध्या र निबन्ध प्रतियोगिता सम्पन्न
