साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि रमेश श्रेष्ठकाे कविता सङ्ग्रह ‘मलामी पहाड र सारङ्गी’ प्राप्त भएको छ ।
यसमा पर्या-कविताको एक उदाहरणको रूपमा जीवनको गीत बनेको ‘मलामी पहाड’ र विम्ब र प्रतीकहरूका माध्यमबाट जीवनको विविध पक्षको चित्रण गरिएको ‘सारङ्गी’ दुई वटा लामा कविता समावेश छन् ।
भूमिकामा डा. राजेन्द्र भण्डारी लेख्छन्, “दुवैका स्वाद केही फरक छन् । पहिलो केही खस्रो, केही सापट । दोस्रो निकै मुलायम, निकै कलात्मक । अहिलेका नेपाली कविता प्रवाहमा केही छुट्टै बान्की र धार बोकेर आएका यी कविता निश्चयै सम्प्रेषणशील र मुखर छन् । यिनलाई केही बेग्लै थोक भन्नु छ । अनि अलग तरिकाले भन्नु छ । यी शृङ्खला कविता हुन् र यिनलाई लामा कविता नै भन्न मिल्छ तर कोश-काव्य पनि भनूँ भनूँ चाहिँ लाग्छ नै ।”
भूमिकामा गोविन्दराज विनोदी लेख्छन्, “विम्बकवि रमेश श्रेष्ठको अभिव्यक्तिकला विचित्रको छ । उनको आफ्नै पृथक् काव्यशैली छ । सरल सङ्क्षिप्त अभिव्यञ्जना पुञ्जमा उनले जीवनका विविध अनुद्घाटित पक्षहरू प्रस्तुत गरेका हुन्छन् । अर्थगत वैचित्र्य र भावगत गहिराइ उनका कविताका विशेषता हुन् । उनका कविता पढ्दा कुनै भावचित्र अतियथार्थवादी र कतै अमूर्तचित्र (ब्दकतचबअत ब्चत) हेरिरहेझैँ लाग्छ हामीलाई । ती कवितात्मक पुञ्जभित्र जतिपटक हेर्यो उति नयाँ अर्थ प्रकट भएझैँ लाग्छ । यसरी काव्य र चित्रकलामा उनको दोभानरूपी प्रखर नृत्य हेर्दा हामी कहाँ पनि अर्का खलिल जिब्रानको जन्म भएको अनुभूति हुने गर्छ ।”
साहित्यपोस्टबाट प्रकाशित १ सय ३१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।