गीतकार मदन माबोको नयाँ गीत “जिन्दगीमा फगत रित्तो” सार्वजनिक भएको छ ।

मदन माबोको शब्दमा सङ्गीतकार एकान्त आङदेम्बेले लय भर्नुभएको छ भने गायिका बिनुसा राईको स्वरमा रेकर्ड भएको छ ।

सो गीतको भिडियोलाई हालै सार्वजनिक गरिएको छ । देवेश राईको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकड़िस योगेन मुकारुङ र मिक्सिंङ मास्टरिङ् योगेन मुकारुङले गर्नुभएको हो ।

गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘एकान्त आङदेम्बे अफिसियल’ मार्फत् सार्वजनिक गरिएको छ । भिडियो चित्रमिडियाले तयार पारेको हो ।

पाँचथर थर्पुमा जन्मिनु भएका गीतकार मदन माबोको, पुग अपुग तीन दशक सिङ्गापुर प्रहरीमा संलग्न भई हाल अवकाश जीवन बिताइरहनु भएको छ ।

हालसम्म दुई वटा गीति एल्बम, एक गीति पुस्तक सङ्ग्रह र ६० को हाराहारीमा फुटकर गीतहरू रेकर्ड गराइसक्नु भएका मदनले नयाँ गीतिएल्बम र गीत संग्रह प्रकाशनको तयारी थाल्नु भएको छ ।