साहित्यपोस्ट

साहित्यपोस्टले वेवसाइटमा समस्या देखिएपछि साप्ताहिक रुपमा गर्दै आएको प्रतियोगिता स्थागनको घोषणा गरेको छ । ह्याकरले सर्भरमा समस्या खडा गरी वेवसाइड तथा सामाग्रीहरुमा क्षती पुराएको हुनाले साप्ताहिक रुपमा सञ्चालन गरिँदैआएको “फोटो कविता प्रतियोगिता ९” र “मुक्तक प्रतियोगिता ४” स्थागन गरिएको छ ।

साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले भने, “सुरक्षा घेरालाई पाठकको अपेक्षानुसार मजबुत बनाउन नसकेकोमा हामी क्षमा चाहान्छौँ । यसअघि घोषणा गरिएका “फोटो कविता प्रतियोगिता ९” र “मुक्तक प्रतियोगिता ४” मा पनि ह्याकरले असर पुर्याएकोले प्राप्त सिर्जनाहरु हाम्रो पहुँचबाहिर गए । यसकारण तत्कालका लागि हामीले यी दुवै प्रतियोगितालाई स्थगन गर्ने निर्णय गरेका छौँ । सुरक्षा घेरालाई मजबुत बनाएर केही दिनमै स्थगन गरिएको प्रतियोगितालाई सोही भागबाट सुरु गर्ने छौँ ।”

गत बिहीबार बिहानबाट साहित्यपोस्टको वेवसाइट ह्याक भएको थियो । ह्याक भएका कारण गत सोमबारपछिका सम्पूर्ण सामाग्री पूर्ण रुपमा नष्ट भएका छन् भने बिहीबारदेखिका नियमित विधागत अपडेटलाई रोकिएको छ । अहिले साइडलाई ह्याकरबाट फर्काइसकेएको भए पनि पछिल्ला चार दिनका सम्पूर्ण सामाग्रीमा क्षती पुग्न गएको छ भने विशेष सामाग्रीलाई पाठकको सुविधाका लागि पुनः प्रकाशित पनि गरेको छ ।

प्रधानसम्पादक कोइरालाका अनुसार नियमित अपडेटलाई निरन्तरता दिँदै साहित्यपोस्ट केही दिनभित्रै पुरानै लयमा फर्किने छ ।