स्याङ्जा / बाल नरसिंह सुवर्णकुमारी अधिकारी गुठीको आयोजनामा बाल नरसिंह सुवर्णकुमारी अधिकारी स्मृति साहित्य पुरस्कार गत जेठ २० मा सम्पन्न भयो ।
कार्यक्रममा सभापतिको भूमिका गुठीका अध्यक्ष विश्वप्रेम अधिकारीले गर्नुभएको थियो ।
प्रमुख अतिथिको रूपमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गर्नुभएको थियो । कार्यक्रममा खादा, माला र ब्याच अर्पण गर्न गुठी परिवारका सदस्य पुष्पा केसी र गीता अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पुतली बजार नगरपालिकाका प्रमुख- प्रशासकीय अधिकृत हरिराम नागिला, प्रधानमन्त्री कृषी आधुनिकीकरण सुन्तला सुपरजोनका स्याङ्जाका प्रमुख- माधव प्रसाद लम्साल, डा. एकनारायण पौडेल, डा. कृष्ण प्रसाद सापकोटा, रजनी ढकाल, चिन्तु गिरी, प्राज्ञ सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठानका एकनारायण ढकाल, नियात्राकार, समलोचक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका सहप्राध्यापक पूर्णप्रसाद अधिकारी हुनुहुन्थ्यो ।
कार्यक्रममा अतिथिको रूपमा साहित्यकार, पत्रकार, राजनैतिक तथा समाजसेवी व्यक्तित्व र शैक्षिक व्यक्तित्वहरू- बुद्धिबहादुर राना कुमार, उत्तम कुमार श्रेष्ठ, केशर बहादुर खड्का, अधिवक्ता तुलसी गिरी, भोलानाथ लम्साल, चन्द्र वहादुर गोदार, ओम प्रकाश शर्मा- अध्यक्ष नागरिक मञ्च, स्याङ्जा, भवानी अधिकारी- उपाध्यक्ष नेपाल पत्रकार महासंघ, स्याङ्जा, नवराज सुवेदी, रविन्द्रमान श्रेष्ठ, लोकनाथ रेग्मी, अधिवक्ता हरी प्रसाद रेग्मी, शैलेन्द्रजङ्ग कार्की, मुक्ति प्रसाद रेग्मी, बाबुराम सिग्देल, नारायण मरासिनी, हरी कोइराला लगायतका व्यक्तिहरूको गुणात्मक उपस्थिति रहेको थियो ।
कार्यक्रममाको उद्घाटन पाणिनी संस्कृत गुरुकुलका बटुकहरूले स्वस्ति वाचन गर्दै प्रमुख अतिथिको हातबाट पानसमा बत्ती बाल्दै बालनरसिंह सुवर्णकुमारी अधिकारीको तस्विरमा माल्यार्पण गरेर गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य स्याङ्जा जिल्ला भित्रका संपूर्ण सङ्घसंस्थाको तर्फबाट- नागरिक समाज स्याङ्जाका अध्यक्ष, ओम प्रकाश शर्मा, संपूर्ण साहित्यीक गुठी तथा अक्षयकोष सँस्थापकहरूको तर्फबाट- युवा नेता बुद्धिबहादुर राना कुमार, ज्याग्दी खोला साहित्य प्रतिष्ठानका अध्यक्ष- देवेन्द्र लम्साल र पुरस्कृत व्यक्तित्वहरूले राख्नुभएको थियो ।
पुरस्कृत व्यक्तित्वहरूको व्यक्तित्व र कृवित्वको बारेमा समीक्षात्मक टिप्पणी- समालोचक, नियात्राकार तथा वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवनका सहप्राध्यापक पूर्णप्रसाद अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा आयुष काफ्ले, सुनिता पौडेल गौतम, बसन्ती अधिकारी, विक्रम सम्वतले रचना वाचन गर्नुभएको थियो ।
विशेष रचना वाचनमा स्याङ्जाली कबिहरू- लक्ष्मी काफ्ले, बसन्त खनाल, कमला अधिकारी सिग्देल, मिलन समीर, शम्भु अर्याल, लेखनाथ काफ्ले, अव्यग्र अस्मित, पराजित रेशम गोतामे, लोकहरी पाण्डेय क्षितिजले तीन-तीन वटा कविता वाचन गर्नुभएको थियो।
बालनरसिंहर सुवर्णकुमारी अधिकारी गुठी स्व. श्री तोरणध्वज अधिकारीले आफ्ना परिवार तथा भाइ बन्धुहरुको सहयोग र सहमतिमा २०५२ सालमा स्थापना भएको विशुद्ध सामाजिक संस्था हो ।
बालनरसिंहर सुवर्णकुमारी अधिकारी गुठी अन्तर्गत यो पटक बाह्रौं, तेर्हौं, चौधौं र पन्ध्रौं पटकको पुरस्कार द्वारा आधिखोला गाउँ पालिका-२, उखुबारी निवासी डा एकनारायण पोडेल, अर्जुन चौपारी गाउँ पालिका-५ निवासी डा कृष्ण प्रसाद सापकोटा, पुतली बजार नगरपालिका-१४, लामागे निवासी चिन्तु गिरी र पुतलीबजार नगरपालिका-१ निवासी डा. रजनी ढकाललाई शुसोभित गर्ने निर्णय भएबमोजिम सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले नगद राशीसहित दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले आफ्नो मन्तव्य मार्फत आज वाचन गरिएका कविताहरू श्रवण गर्दा हिजोको पहिलो पुस्ता, दोस्रो पुस्ता र अहिलेको तेस्रो पुस्ताका युवाहरूलाई सुन्दा आफूलाई निकै गौरवान्वित भएको अभिव्यक्ति दिनुभयो ।
२०७९ फागुन ७ गते बसेको गुठीको वैठकले यस बालनरसिंह सुवर्णकुमारी अधिकारी स्मृति साहित्य पुरस्कार अन्तर्गत २०७५ साल देखि २०७८ साल सम्मका दुईवटा पुरस्कार प्रदान गर्ने र २०७९ साल देखिका पुरस्कार वार्षिक रूपमा अर्पण गर्ने निर्णय गरेको थियो । साहित्यकार विश्वप्रेम अधिकारी, डा महेश्वर शर्मा र गुठीका सदस्यहरू २०८० वैशाख २२ गतेको बैठकबाट मुल्याङ्कन समितिको सिफारिसअनुसार नेपाली भूभागमा रहेर नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने स्याङ्जाली साहित्यकारहरू लाई प्रदान गर्ने भनिएको हो । गुठीको पुरस्कार राशी -१५,००५ ( अक्षरेपी पन्ध्र हजार पाँच ) र ताम्रपत्र रहेको छ ।
कार्यक्रमको सन्चालन गुठीका सचिव रबिन केसीले गरेका थिए ।
कार्यक्रममा सम्मानित श्रष्टाको मन्तव्य, प्रमुख अतिथिको मन्तव्य सहित कार्यक्रमका सभापतिको मन्तव्यले कार्यक्रमको समापन गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।