`माईखोलादेखि पुनर्वाससम्म´ नामक दस्तावेजमूलक पुस्तक प्रकाशन भएको छ ।

दीपेन्द्रराज तिम्सिनाले लेख्नुभएको यस पुस्तकमा नेपाली भाषी भुटानी शरणार्थीको कथाव्यथा समेटिएको पुस्तक यस पुस्तकमा सन् १९९० ताका नेपालीभाषी भुटानीहरू कसरी भुटानबाट लखेटिनु पर्योदेखि लिएर सुरुमा भुटान भारतको सिमानामा बस्दै पहिलोपटक कसरी माईखोलामा आइपुगे, त्यसबेला माईखोला बगरमा छाप्रा हालेर बसेको कष्टकर बसाइ, दैनिक दर्जनौं बालबालिकाको दुखद् निधन भएको कहालीलाग्दो अवस्था पुस्तकमा पर्गेल्न खोजिएको छ ।

पुस्तकमा नेपालीभाषीहरूमाथि भुटानभित्र हुँदा भएको दमन, हत्याकाण्डका बारेमा पनि किताबमा लेखिएको छ । तेस्रो देश पुनर्स्थापना भएपछि पनि विभिन्न देशको विभिन्न उच्च तहमा पुगेका भुटानी शरणार्थीहरूका बारेमा सोधखोजसमेत गरिएको छ ।

यो पुस्तक तयार पार्न झण्डै दुई वर्षको अवधि लागेको लेखक तिम्सिनाले बताउनुभयो । अमेरिकाबाट कलाकार केदार उप्रेती तथा साहित्यकार कर्ण गुरूङको सहयोगमा पुस्तक प्रकाशन गरेको उहाँले बताउनुभयो ।

पुस्तक ४०० पृष्ठको छ भने शरणार्थीका विषयमा १३० वटा विषय समेट्नु भएको छ ।