प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानले  फरक भाषा र भुगाेलमा बसेर नेपाली भाषा र साहित्यमा याेगदान गर्ने स्रष्टालाइ केन्द्रमा राखेर दुइवटा नयाँ पुरस्कारकाे स्थापना गरेको छ ।त्यसैगरि स्वदेश वा विदेशमा बसेर नेपाली साहित्यलाई अनुवाद गरेर विश्व साहित्यमा प्रवेश गराउन सहज भूमिका निभाउने स्रष्टाकाे प्राेत्साहनका लागि पनि नयाँ पुरस्कार पनि स्थापना गरेकाे छ ।

प्रतिष्ठानले यी तीनवटा पुरस्कारकाे नाम  नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार  दिएकाे छ ।नेपाल प्रज्ञा अनुवाद पुरस्कार  पनि दुईवटा रहेकाे छ ।

विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कारहरू स्थापना गरेको हो । नेपालको गौरवलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पुर्‍याउने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा दिने गरी नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको प्रतिष्ठानले जनाएकाे छ ।

उक्त पुरस्कारको राखी ३ हजार अमेरिकी डलर बराबरको नेपाली रकम नगद, पदक र प्रमाण पत्र रहेको छ । यस्तै नेपाल बाहिर रहेर साहित्यमा विशिष्ट योगदान गर्ने नेपाली मूलका स्रष्टाहरूलाई प्रत्येक दुई वर्षमा प्रदान गर्नेगरी भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारको स्थापना गरेकाे छ ।

नेपाली भाषा साहित्यको अन्य भाषामा र अन्य भाषाको नेपाली भाषामा अनुवाद गर्ने अनुवादकलाई दुई प्रर्षमा प्रदान गर्ने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरिएको छ ।

दुबै पुरस्कारको राशी २ लाख नेपाली रुपैयाा नगद, पदक र प्रमाणपत्र रहेको छ ।