त्रिवेणी साहित्य मञ्च हेरिस्वर्गले केशव बैरागी माइलोको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

ओ.एच.आर.सि हेरिस्वर्गको भवनमा दीपकजङ्ग विश्वकर्माको अध्यक्षमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।

मञ्चका भूतपूर्व अध्यक्ष नवीन भट्टराईले नवनिर्वाचित अध्यक्ष केशव बैरागी माइलोलाई औपचारिक रुपमा पद हस्तान्तरण गर्नु भएको थियो।

११ सदस्य नयाँ कार्यसमितिसँगै मञ्चले ७ जना सल्लाहकार पनि चयन गरेको छ ।

कार्यसमितिमा अध्यक्ष केशव घिमिरे, उपाध्यक्ष प्रेम घिमिरे, सचिवमा नारद आचार्य हुनुहुन्छ । यस्तै सह-सचिवमा शेखर कोइराला, कोषाध्यक्षमा महेन्द्र अधिकारी, सह-कोषाध्यक्षमा परमा अधिकारी चयन हुनुभएको छ ।

सदस्यहरूमा अबिबाबु अधिकारी, बालकृष्ण न्यौपाने चयन हुनुभएको छ । यसैगरी सूचना तथा सञ्चार विभाग पातलो अन्तरे, कुमार सिवाकोटी, भरत तिम्सिनाले सम्हाल्ने हुनुभएको छ ।

सल्लाहकार समितिमा प्रमुख सल्लाहकार नारद अधिकारी चयनित हुनुभएको छ । सह-सल्लाहकारमा शम्भु आचार्य र सल्लाहकार समितिमा यदु आचार्य हुनुहुन्छ । यसैगरी अन्य सल्लाहकारहरूमा नवीन भट्टराई, दीपकजङ्ग विश्वकर्मा, गण्डकी पुत्र, अविनारायण न्यौपाने, प्रेम खनाल निर्वाचित हुनुभएको छ ।