साहित्यकार तथा ‘गाउँले देउराली’ पाल्पाका सम्पादक रामप्रसाद अर्यालको “देउरालीकाे फन्काे” नामक कृतिको विमर्श कार्यक्रम तानसेनकाे धवल पुस्तकालयमा सम्पन्न भयो ।
कार्यक्रम ग्रामीण विकास पाल्पाका अध्यक्ष साेमनाथ अर्यालको अध्यक्षतामा भएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार चाेलेश्वर शर्मा आमन्त्रित हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल हुनुहुन्थ्यो । कार्यक्रममा साहित्यिक संघसंस्थाका प्रमुखहरू, साहित्यकारहरू, प्राध्यापकहरू, शिक्षकहरू तथा पत्रकार लगायतकाे उपस्थिति थियोे । कार्यक्रममा संयुक्त रूपमा राष्ट्रगान प्रस्तुत गरी सहिदहरूप्रति सम्मान प्रकट गरिएको थियो ।
हलमा उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्ने काम ग्रामीण विकास पाल्पाका सदस्य गाेविन्दप्रसाद नेपालले गर्नुभएको थियोे । प्रमुख अतिथिले मैनबत्ती बालेर कार्यक्रमकाे समुद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा ‘देउरालीकाे फन्काे’ कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने काम समीक्षक प्रेम खरालले गर्नुभयो । उहाँले रामप्रसाद अर्यालको व्यक्तित्व, साधा जीवनशैली तथा कर्मप्रतिकाे रुझानलाई व्यक्त गर्नुभयो । उहाँको साहित्यिक व्यक्तित्वलाई झल्काउने काम पनि खरालले गर्नुभयो । केही समयअघि पूर्वी पाल्पाको ढाक्रे गाउँमा कृतिको लाेकार्पण गरिएको सन्दर्भलाई उठान गरी प्रकाश पार्ने काम गर्नुभयो । कृति प्रकाशनकाे रचनागर्भलाई उठान गरी कृतिको बनाेट तथा बुनाेट पक्षका साथै विषयवस्तुलाई झल्काउने काम उहाँले गर्नुभयो । कृतिभित्रका लेखहरूमा विविधताकाे स्वाद पाउन सकिने कुरा उहाँले उल्लेख गर्नुभयो । साहित्य राजनीतिभन्दा माथि हुने विचारलाई अर्यालले प्रस्तुत गरेकाे धारणा उहाँले व्यक्त गर्नुभयो । उखान टुक्का तथा विचलनयुक्त वाक्यगठले कृतिलाई सुस्वाद्य बनाएको कुरा पनि उहाँले उल्लेख गर्नुभयो । व्यवस्था फेरिए पनि अवस्था जस्ताको तस्तै रहेकाे कुराले लेखकलाई पाेलेकाे मर्म व्यक्त गरियो । समकालीन समाजका विकृतिलाई उधिन्ने काममा कृतिकारकाे कलम सफल रहेको निष्कर्ष उहाँले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीले कृतिमाथि समीक्षात्मक टिप्पणी राख्नुका साथै लेखकलाई शुभकामना व्यक्त गर्नुभयो । लेखकलाई केही सुझावसमेत उहाँले दिनुभयो । उमानाथ आत्रेयले सकारात्मक किसिमले समाजलाई अगाडि लैजानुपर्छ भन्ने मर्म अर्यालका लेखनमा भएको कुरा व्यक्त गर्नुभयो । चित्रवलीराम सुवालले खास विषय र परिवेशमा लेखिएका सम्पादकीय लेखहरू आज पनि सामयिक रहेको विचार व्यक्त गर्नुभयो । सन्तान जन्माउनु जस्तै पीडाको काम कृति प्रकाशनमा हुने यथार्थलाई पनि उहाँले व्यक्त गर्नुभयो ।
पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगाेपाल सिंहले अर्याल सरकाे क्रियाशीलताका साथमा कृतिमाथिकाे समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो । मिल्ने कुराभन्दा पनि लेख्नु ठुलो कुरा रहेको विचार उहाँले प्रस्तुत गर्नुभयो । कार्यक्रमकाे व्यवस्थापन पक्षप्रति पनि उहाँले सुझाव दिनुभयो । देउराली पत्रिकाले आफ्नाे पहिचान कायम राख्नुपर्ने विचार पनि उहाँले राख्नुभयो । उ
पप्राध्यापक महेन्द्रकुमार पन्थीले अवराम मिहिनेत गरी कृति प्रकाशनमा ल्याएकोमा लेखकप्रति बधाई ज्ञापन गर्नुभयो । सम्पादकीय लेख पत्रिकाकाे आधिकारिक बाेली पनि हाे भन्ने कुरा उहाँले उल्लेख गर्नुभयो ।
दयाराम पंगेनीले पत्रकारिता र गाउँले देउरालीसँगकाे अनुभूति व्यक्त गर्नुभयो । पुरुषाेत्तम अर्यालले ‘हुनपाए हुन्थ्यो’ शीर्षककाे सिर्जना वाचन गर्नुभयो । अर्याल वंशमा गाैरवशाली व्यक्तित्वहरू रहेकाे सन्दर्भ जाेडी साहित्यिक सुकर्ममा निरन्तर लागेका भाइ रामप्रसाद अर्याललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
आयाम कार्कीले कृतिको आवरणले आफूलाई निकै प्रभावित गरेको विचार व्यक्त गर्नुभयो ।
गाेपालप्रसाद बस्यालले देउराली पत्रिकासँगकाे भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्नुभयो । सम्पादकीय लेखनको प्रकृतिलाई पनि उहाँले उल्लेख गर्नुभयो ।
रामप्रसाद अर्यालले सम्पादकीयकाे सँगालाेका रूपमा पृथक् कृति ल्याएको विचार व्यक्त गर्नुभयो । सम्पादकीय धर्मभन्दा विराट परिवेशमा लेखहरू आएको कुरा प्रकाश पार्नुभयाे ।
अमर भाटले कृतिमा सरल भाषाकाे प्रयोगले आफूलाई तानेको विचार व्यक्त गर्नुभयो । नेपाललाई भाषाले एकतामा बाँधेको सन्दर्भ पनि उहाँले उल्लेख गर्नुभयो ।
साहित्यकार तथा पत्रकार मन गहिरेले कृति आकर्षक हुनुका साथै विविध विषय र समय परिवेशलाई समेटेर सँगालाेका रूपमा प्रकाशनमा ल्याएकोमा लेखकलाई बधाई व्यक्त गर्नुभयाे ।
धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पाैड्यालले कार्यक्रममा शुभकामना मन्तव्य गर्नुभयो । अर्याल सर चतुर रहेको विचार राखी छिटफुट रूपमा रहेका रचनालाई सङ्ग्रहकाे रूपमा ल्याएकोमा बधाईसमेत व्यक्त गर्नुभयो । पत्रिकामा छरिएका लेखलाई कृतिमा ल्याई सम्पादकीय सिर्जनालाई पुनर्जीवन दिने काम अर्यालले गरेको धारणा राख्नुभयाे ।
कृतिकार रामप्रसाद अर्यालले कृति लेखनकाे सन्दर्भ उठान गरी कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । आफू पत्रकार नभई भाषा साहित्यकाे विद्यार्थी भएको विचार उहाँले व्यक्त गर्नुभयो । भाषिक शुद्धताका सम्बन्धमा प्राविधिक तहकाे कमजोरी रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि पाल्पा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले साहित्यकारहरूले समाजका यथार्थलाई बाहिर ल्याउने महत्त्वपूर्ण काम गर्छन् । चाहे बाउ हाेस् वा साहु कलम चलाउनेहरूले विकृतिप्रति निर्मम भएर उधिन्नुपर्छ भन्ने विचार राख्नुभयाे । त्रुटिहरूलाई मात्र नहेराैँ, भाव र महत्त्वका साथमा कृतिकाे मूल्याङ्कन गराैँ भन्ने विचार उहाँले राख्नुभयाे । विद्वानहरू सङ्कीर्णताबाट माथि उठ्नुपर्ने विचार व्यक्त गरी पाल्पाको साहित्य, शिक्षा तथा अन्य क्षेत्रका समस्यालाई समाधान गर्ने विचार विद्वानहरूले सम्प्रेषण गर्नुपर्नेमा जाेड दिनुभयो । गणतन्त्रमा हुर्किएका विकृतिको सङ्केत पनि उहाँले गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार चाेलेश्वर शर्माले कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
लेखक रामप्रसाद अर्यालले ५८ वटा सम्पादकीय लेखहरूकाे सँगालाेका रूपमा ल्याई महत्त्वपूर्ण काम गर्नुभएकाे विचार व्यक्त गर्नुभयो । गाउँले देउरालीकाे याेगदान पाल्पाली सञ्चारका क्षेत्रमा प्रशंसनीय रहेको धारणा राख्नुभयो । कृतिको संरचना र भाव पक्षमाथि प्रकाश पार्ने काम पनि उहाँले गर्नुभयो । गाउँका कुरा मात्र नभई राष्ट्रिय जीवनका विविध विषय र समस्यालाई यी लेखमार्फत प्रकाशमा ल्याइएको कुरा उहाँले व्यक्त गर्नुभयो । सामाजिक रूपान्तरण र मानवीय परिष्कारप्रतिकाे सुझ लेखहरूमा रहेको सन्दर्भ पनि उहाँले जाेड्नुभयाे ।
कार्यक्रमका अध्यक्ष साेमनाथ अर्यालले विनय कसजूसँगकाे सम्बन्ध लामो रहेको सन्दर्भसँगै गाउँले देउराली पत्रिकाकाे इतिहासलाई सम्झनुभयाे । विश्वका अभ्यासलाई सुनेर अनि पढेर गाउँका विषयलाई उठाउने उद्देश्यले सुरु गरिएकाे यो दक्षिण एसियाकै पहिलो गाउँले पत्रिका रहेको विचार व्यक्त गर्नुभयो ।
यसैक्रममा विनय कसजूप्रति श्रद्धासुमन व्यक्त गर्नुभयो । यस्तै लामाे समय देउरालीकाे सम्पादकका रूपमा रही याेगदान पुर्याउनु भएका र अहिले बिरामी अवस्थामा रहनुभएका मेघराज शर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । साहित्यकार राष्ट्रका गहना र समाजलाई सुसूचित गर्ने व्यक्तित्व रहेको सन्दर्भ उहाँले उल्लेख गर्नुभयो । रामप्रसाद अर्याल सरकाे लेखनमा रहेकाे ऊर्जा कहिल्यै नमराेस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिलाई धन्यवाद व्यक्त गरी कार्यक्रमकाे समापन गर्नुभयो ।
कार्यक्रमकाे सञ्चालन गाउँले देउरालीका प्रकाशक रामचन्द्र नेपालले गर्नुभएको थियोे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।