२०७९ सालमा स्थापित सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले प्रादेशिक प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । यसका लागि योग्य व्यक्तिलाई पुरस्कारका लागि सिफारिस गर्न आह्वान गरिएको छ ।

सुप प्रज्ञाप्रतिष्ठानले लोक संस्कृति, संगीत तथा नाट्य, भाषा तथा साहित्य र ललितकलातर्फ एक एक जनालाई पुरस्कृत गर्ने भएको छ ।

आवेदन नेपाली नागरिकले दिन सक्ने र प्रकाशित उत्कृष्ट कृतिहरूको विवरणसँगै व्यक्तिको नाम, संस्थाको विवरण, बाबुआमाको नाम, पतिपत्नीको नाम, सम्पर्क ठेगाना, इमेल, फोन, मोबाइल तथा बायोडाटासमेत पेश गर्न आग्रह गरिएको छ ।

विवरणसँगै पासपोर्ट साइजको २ प्रति फोटो पनि संग्न गर्न आग्रह गरिएको छ ।

पुरस्कारका लागि प्राप्त हुने सिफारिस वा विवरणपत्र प्रतिभा छनोट समितिको जानकारी प्रयोजनका लागि सीमित रहने, योगदानका आधारमा मूल्याङ्कन गरिने, पुरस्कार दाबी गर्ने प्रतिभाले सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्याएको हुनुपर्ने जारी विज्ञप्तिमा जनाइएको छ ।

पुरस्कारसम्बन्धी विस्तृत जानकारी एवं आवेदन/सिफारिस पठाउने ठेगाना सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कार्यालय, हसनपुर, धनगढी, कैलाली रहेको छ ।

इमेलः sudurpaschimpragya@gmail.com

सँगै सम्पर्क नं. ९८६५८००६२५ मा समेत सम्पर्क गरी जानकारी लिन सकिने बताइएको छ ।