साहित्यिक पत्रिका कल्पतरू द्वैमासिकले दुईजना स्रष्टाहरूलाई सम्मानित गर्ने भएको छ ।

‘कल्पतरू वर्ष स्रष्टा पुरस्कार २०७९’ भोजराज रेग्मी ‘मुखाले’लाई र ‘कल्पतरू अन्तर्राष्ट्रिय स्रष्टा सम्मान २०७९’ डा. ऋषि बस्ताकोटीलाई प्रदान गरिने बताइएको छ ।

यी दुवै सम्मान र पुरस्कार कल्पतरू द्वैमासिक पत्रिकाले सय अङ्क पार गरेको अवसरमा आयोजना गरिने शताङ्क समारोहमा प्रदान गरिने कल्पतरुका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्स्ना’ले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।

आउँदो जेठ २४ गते साहित्य सदन, रामहिटीमा हुन गइरहेको शताङ्क कार्यक्रममा उक्त दुवै पुरस्कार र सम्मान प्रदान गरिने बताइएको छ । सोही समारोहमा नवराज पुडासैनी ‘ज्योत्स्ना’को तेस्रो कृति मुक्तक सङ्ग्रह ‘उन्मुक्त ज्योत्स्ना’ पनि लोकार्पण पनि गरिने भएको छ ।

समारोहमा कल्पतरू पुरस्कार कोशमा योगदान गर्नु हुने व्यक्तित्वहरूलाई पनि सम्मान गरिनेछ ।