पोखरा / पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक तेस्रो महिनाको तेस्रो शनिबार सञ्चालन गर्दैआएको समता कला कार्यशालामा “समय” चित्रकला प्रदर्शनी गरेको छ । पोखरेली युवा सांस्कृतिक परिवारको फेसबुक पेजबाट असार २५ गते ४ बजे लाइभमार्फत् कलाकारहरु चित्रकला प्रदर्शनी गरिएको संस्थाका कला संयोजक हेमकान्ती गुरुङले साहित्यपोस्टसँग बताइन् ।
कोभिड १९ को असर विश्वभर परिरहेको यस विषम परिस्थितिमा पनि संस्थाले आफ्नो नियमित कार्यक्रमलाइ भर्चुअल आर्टस् एक्जिबेसनमार्फत् गर्ने नयाँ जमर्को गरेको संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीले बताए ।
“साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको पोखरेली युवा सांस्कृतिक परिवारले वि.सं. २०४२ सालबाट ग्रामीण तत्स्थानीय कलायात्रा शुरु गरेको हो । वि.सं. २०६० सालबाट अनवरत रुपमा प्रत्येक तीन महिनाको तेश्रो शनिबार समता कला कार्यशाला आयोजना गर्दैआएको छ ।
“समय” भच्र्युल आर्टस् एक्जिबेसन चित्रकला प्रदर्शनीमा ३१ जना कलाकारको सिर्जना राखिएको थियो । कोषाध्यक्ष मोती भुजेलले साहित्यपोस्टसँग भने– सकेसम्म नयाँ प्रविधि अपनाएर यो प्रदर्शनी सम्पन्न गरेका छौँ । अग्रज र अनुजहरुका कला सिर्जना प्रदर्शनमा राखिएको छ । अनुजहरुले यो प्रर्दशनीबाट धेरै कुरा सिक्ने मौका मिल्नेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।