साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई साहित्यकार विजय चालिसेकाे अनुसन्धानात्मक कृति ‘परिशीलन’ प्राप्त भएकाे छ ।
यसमा ‘विज्ञानकथा र नेपाली साहित्य’, ‘साहित्यिक पत्रकारिताको स्थिति’, ‘आमसञ्चार र शिक्षा’, ‘नेपालमा बालपत्रकारिता’लगायत १० थान शीर्षक समावेश छन् ।
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “विजय चालिसे नेपाली साहित्यमा मूलतः कथा क्षेत्रका सुपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखहरूको समेत रचना गर्दै आउनुभएको छ । यो उहाँको यस विषयमा प्रकाशित पहिलो कृति हो । यस अतिरिक्त उहाँका बालसाहित्य, संस्कृति, सञ्चार विषयका करिब ६ दर्जन कृति प्रकाशित छन् नेपाली भाषा साहित्यको विकासमा उहाँले अनुवाद तथा सम्पादनका क्षेत्रमा समेत उल्लेख्य योगदान गर्नुभएको छ ।”
मेरो भन्नुमा विजय चालिसे लेख्छन्, “यिनमा विविध पक्ष समेटिएका छन् । नेपालीमा कमै लेखिने विज्ञानकथाको बारेमा पर्याप्त चर्चा हुने कुरै भएन । यस क्रममा म आफै विज्ञानकथा लेख्न रुचि राख्ने भएकाले लेखनकै क्रममा पनि यसबारे बढीभन्दा बढी जान्ने जिज्ञासा राखेको हुन्थेँ । त्यही जिज्ञासाको प्रतिफल हो यो ‘विज्ञानकथा र नेपाली साहित्य’ यसमा विज्ञानकथाको सैद्धान्तिक चर्चाको साथै नेपाली र विश्व विज्ञानको बारेमा सङ्क्षिप्त अध्ययन गर्ने प्रयास गरिएको छ ।”
बि. एन. पुस्तक संसार प्रा. लि. ले बजारमा ल्याएको, १ सय ५१ पृष्ठको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।