२०४९ सालमा जनस्तरबाट रकम सङ्कलन गरी स्थापना भएको प्रगतिशील साहित्यिक संस्था ‘गण्डकी साहित्य सङ्गम’, पोखराले जेठ ८ गते सोमबारका दिन क्रान्तिद्रष्टा कवि गोकुल जोशीको ९४ औं जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ ।
कार्यक्रममा गोकुल जोशीको जीवनी, व्यक्तित्व तथा कृतित्वका बारेमा साहित्यकार एवम् प्रगतिशील बुद्धिजीवीहरू रामराज रेग्मी, रघुनाथ अधिकारी, प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भास्कर’, शेषमणि आचार्य, पीताम्बर नेपाली, झलकपाणि तिवारी, नुमराज बराल, विजया सुवेदी, सुमन खनाल पहारी, नारायण परिश्रमी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रा.डा. ज्ञानबहादुर कार्की, प्रा.डा. यमबहादुर पौडेल क्षेत्री, गेहेन्द्रेश्वर कोइराला, विश्वबन्धु भण्डारी, प्रदेश सभाका पूर्व सभासद राजीव पहारी, राजेन्द्र पौडेल, लक्ष्मी खनाल, निर्मल सापकोटा, इच्छाबहादुर वाग्ले, त्रिभुवन शर्मा, रामप्रसाद पौडेल, ऋषिकेश बराल, छवि सुवेदी, लक्ष्मण गौतम, सुनिता खनाल, आनन्दसुन्दर श्रेष्ठ, लक्ष्मण थापा, कल्याण पन्त, प्रकाश खनाल, विक्रम थापा, धनकुमारी श्रेष्ठ, शुभ शर्मा, असफल गौतम, फडिन्द्र अकिञ्चन, गोपालमणि लामिछाने, सुरज उपाध्याय, स्ट्रगल राना, यामबहादुर सुर्खाली, विष्णुप्रसाद बाँस्तोला, चिजकुमार जोशी, बुद्धिसागर घिमिरे, लक्ष्मीप्रसाद पौडेल, सिर्जना पण्डित, रामजी थापा, विष्णु पराजुली, विजय उपाध्याय, छविलाल आचार्य, अमृतराज उपाध्याय, शशी पण्डित, कृष्णमणि भुर्तेल, श्रीकृष्ण अधिकारी, शालिक देवकोटा, दिनेश लिम्बू, लीला के.सी., शिवबहादुर बराल, अपार मरासिनी लगायतका साहित्यकार एवम् अक्षयकोषका संस्थापकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ‘सङ्गम सांस्कृतिक मञ्च’का कलाकारहरु काजी गाउँले, विकास लुङ्गेली, ध्रुव रामदाम लगायतले गीतहरु प्रस्तुत गर्नुभएको थियो भने गण्डकी वाङ्मय पुरस्कारद्वारा पूर्व सम्मानित प्रतिभा स्याङ्जाका कवि चिन्तु गिरीले कविता पाठ गर्नुभएको थियो । सोही अवसरमा सङ्गमको आवधिक प्रकाशन ‘गण्डकी सङ्गम’ (कुलप्रसाद खनाल विशेषाङ्क) पूर्णाङ्क– १९ माथि समीक्षक यादवराज उपाध्यायले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा ‘गण्डकी साहित्य सङ्गम’द्वारा प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिँदै आएको ‘गण्डकी वाङ्मय पुरस्कार’– २०७९द्वारा लमजुङका स्रष्टा नारायण परिश्रमीलाई सम्मान गरिएको थियो ।
वाम बुद्धिजीवी तथा लेखक झलकपाणि तिवारीले सो अवसरमा संस्थाको अक्षयकोषमा रकम वृद्धि गर्ने उद्देश्यले पछि थप गर्ने चाहना व्यक्त गर्दै हालका लागि पचास हजार रुपैयाँको चेक सङ्गमका अध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष पद्मराज ढकालद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रमको अध्यक्षता भीम रानाभाटले र सञ्चालन नारायण मरासिनीले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।