गत जेठ ६ गते लघुकथा चौतारीमा तेस्रो भेटघाट तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भयो ।
सिद्धस्थल मृगस्थली, पशुपतिनाथ क्षेत्रमा सम्पन्न सो कार्यक्रमको योगप्रसाद उपाध्याय चपागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मधुसूदन घिमिरे प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा अञ्जु शर्माले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
अन्जु शर्माद्वारा रचित लघुकथा ‘स्वागत’ मन्दिरा चापागाईंले वाचन गरी शुरूवात गरिएको सो कार्यक्रममा मन्दिरा चापागाईंले आफ्नो लघुकथा ‘महत्व’ र सुरेन्द्रलाल भुजुको ‘गह्रौँ वस्तु’ वाचन गर्नु भएको थियो । यस्तै सुनिता निरौलाले आफ्ना दुई लघुकथा ‘सम्मान’ र ‘जीवनदान’ वाचन गर्नुभएको थियो।
यसैगरी निर्मला बरालले ‘सालिक’ र अन्जु शर्माले ‘चिनेको मान्छे’, मधुसुदन घिमिरेले ‘पत्नी’ शीर्षकका लघुकथा वाचन गर्नु भएको थियो ।
लघुकथा सौन्दर्यका एड्मिन एवं संचारकर्मी श्रीराम राईले शुभकामना मन्तव्य राख्नु भएको सो कार्यक्रममा इन्दिरा चापागाईंले वाचित लघुकथाहरूको भाव विश्लेषण साथै समग्र कार्यक्रमको समीक्षा गर्नु भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।