दमौली / तनहुँको अग्रणी साहित्यिक संस्था गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनामा शुक्रबार अपरान्ह सदरमुकाम दमौली बजारमा साहित्यकारहरुले सडक साहित्य कार्यक्रम गरी भ्रष्टाचार र र भ्रष्टाचारीको विरोध गरेका छन्।
स्थानीय अनसन चौतारीमा भेला भएका स्रष्टाहरूले गीत, गजल, मुक्तक र कवितामार्फत भ्रष्टाचारीको दोहोलो काढेका हुन्। उनीहरूले मुलुकमा कानुनी शासन स्थापना गर्न र भ्रष्टहरूलाई दण्डित गर्न आग्रह गरेका छन्।
हुनुपर्छ देश लुट्ने सबैको पहिचान, भ्रष्टाचार विरुद्ध हाम्रो अभियान भन्ने नाराका साथ आयोजित कार्यक्रममा लेखकहरुले आआफ्ना रचना वाचन गरेको प्रतिष्ठानका अध्यक्ष सागर उदासले बताए। उनी आफैँले भ्रष्टचारविरुद्धको एउटा गीत गाएका थिएः
हरेक पटक गरेका छौ जनता माथि घात
हुन्न रहेछ भ्रस्टाचारीको लिङ्ग अनि जात
कार्यक्रममा अध्यक्ष उदासका साथै गौकुमारी न्यौपाने, समुन्द्र गोदार, चक्र बहादुर अधिकारी, अन्ज दाहाल, तेजप्रसाद लामिछाने, नारायण श्रेष्ठ, बाबुराम सापकोटा, हुतमणि अधिकारी, प्रेमचन्द्र बानियाँ, विश्वप्रकास भुसाल, इनकन खनाल, धनबहादुर बस्नेत, होमबहादुर बस्नेत, हरिचन्द्र वाग्ले, श्यामलाल गोसेली, दिवाकर भट्रटराई, सानुकाजी यथार्थ, संगम सापकोटालगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
अपरान्ह पौने चार बजे सुरु भएको कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो। हावाहुरी र पानीका बीचमा पनि धैर्यपूर्वक स्रष्टा र दर्शक कार्यक्रममा बसेका थिए।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 







