काठमाडौं, जेठ ४ / साहित्य, संस्कृति र महिला सशक्तिकरणको लागि काम गर्दै आएको सखी प्रतिष्ठानले काठमाडौं महानगरपालिका वडा ९ सितको सहकार्यमा आयोजना गरेको “तीन दिने उदघोषण प्रशिक्षण” कार्यक्रम आज सम्पन्न गरेको छ ।

चौंतीस जना महिला सहभागी रहेको यस प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई आज प्रतिष्ठानका प्रमुख संरक्षक राधेश्याम लेकाली, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठकले प्रमाणपत्र प्रदान गर्नु भयो ।

यसैगरी सो कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीहरू सरस्वती आचार्य (प्रथम), सविना अर्याल (दोस्रो) गंगा लामिछाने (तेस्रो), लक्ष्मी गोतामे तथा गंगा लामिछाने अधिकारी (चौथो) र विशेष सहभागी प्रशिक्षार्थी सम्मान सुमित्रा अधिकारीलाई प्रदान गरिएको थियो ।

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा आयोजित सो प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा प्रशिक्षक पत्रकार नम्रता शर्मा र पञ्चकुमारी वचत तथा ऋण सहकारी लिमिटेडकी अध्यक्ष गीता अधिकारीलाई विशेष सम्मान पनि गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा ९ की सदस्य सिर्जना भेटवालले सहभागी प्रशिक्षार्थीहरूलाई बधाई ज्ञापन गर्दै यस्तो प्रशिक्षणले महिलाहरूमा बोल्ने क्षमताको अभिवृद्धि हुने, आत्मविश्वास बढ्ने र विभिन्न अवसरहरु प्राप्त हुने बताउँदै कार्यक्रम आयोजनाको लागि सखी प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

यसैगरी कार्यक्रममा अध्यक्ष मन्जिला अनिल, प्रमुख सल्लाहकार राधेश्याम लेकाली लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

सखी प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले संचालन गर्नु भएको सो कार्यक्रमको प्रशिक्षक पत्रकार नम्रता शर्मा र नियात्राकार डा. दामोदर पुडासैनी रहनु भएको थियो । सो कार्यक्रममा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण गराइएको थियो ।

कार्यक्रममा अतिथिहरु सामाजिक अभियन्ता माला खरेल, स्मृति अधिकारीसहित सखी प्रतिष्ठानकी सचिव रुपाली पौडेल, कोषाध्यक्ष नीशा रिमाल, सदस्यहरू मनिला वन्त, उषा के.सी.को उपस्थिति रहेको थियो ।

कार्यक्रम पन्चकुमारी समाजको सभाकक्ष, कालीमाटी डोल, सिनामंगल, काठमाडौंमा सम्पन्न भएको थियो ।