साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई सुषमा आचार्य ‘अंशु’को कविताकृति ‘अक्षरको आयतन’ प्राप्त भएको छ ।

आचार्यको ‘अक्षरको आयतन’लाई राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । ७६ पृष्ठको पुस्तकमा ‘अघोषित प्रमाणपत्र’, ‘मिल्ने भए’, ‘परीक्षा’, ‘निद्रादेवी’, ‘तरङ्ग’, ‘कहाँ छ मेरो देश’लगायत ३६ वटा प्रेमिल, सामाजिक, समसामयिक, मार्मिक साथै विविध स्वादका कविताहरू सङ्ग्रहित छन् ।

“उनका यस सङ्ग्रहका सबै कविता उत्कृष्ट छन् भन्ने मिल्दैन, कतिपय कवितात्मक मूल्यका दृष्टिले दुर्बल र सामान्य पनि छन् । उनको कविताले लेखनमा धेरै अध्ययन,, साधना र परिस्कारको खाँचो छ तर कविताका लागि चाहिने भावनाकी भने उनी धनी छन् र उनको यस सङ्ग्रहका कवितामा वर्तमान समय र समाजलाई सम्बोधन, सङ्गतिहीनता प्रति विमति छ, पर्यावरणीय विनाशप्रति चिन्ता छ, उदात्तप्रेमप्रति आस्था छ, नारी चेतनाको अभिव्यक्ति छ, जीवनका भुक्त तथा अमुक्त अनेक यथार्थको प्रतिविम्ब छ, आफ्नै जीवन, भोगाइ, आगत र अनेक चाहनाहरूप्रतिको सम्बोधन छ र आफूले आफैलाई हेर्ने भावना छ । यो नै उनका कविताको विषय हो । स्वानुभूतिको विविधतामय अभिव्यक्त सुषमा आचार्यको विशेषता हो । कृति प्रकाशनका अवसरमा कवि सुषमा अंशुलाई हार्दिक बधाई तथा शुभसम्मति व्यक्त गर्दछु ।”

पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।