काठमाडाैँ / टुक्का साहित्य समाजकाे आयाेजनामा प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे कार्यक्रम अनन्त टुक्का यात्रा भाग-१३ “भ्रष्टाचार उन्मुलन गराैँ ” भन्ने आह्वान गर्दै टुक्का कविताहरू सिर्जना गरेर सम्पन्न भएकाे छ ।

टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईँ र वरिष्ठ टुक्काकार/ टुक्का अभियन्ता राजेशराज गड्ताैलाकाे प्रशिक्षणमा २०८० वैशाख २९ गते भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न स्थानहरूबाट ११३ टुक्का यात्रीहरूले भाग लिएका थिए ।

उक्त कार्यक्रमका संयाेजक तथा प्रशिक्षक ताराप्रसाद चापागाईँले सम्पूर्ण विश्व नै भ्रष्टाचारकाे जञ्जालमा फसि रहेकाेछ । घुस दिने र लिने दुवै दाेषी हुन तर नेपालकाे अहिलेकाे परिस्थिति हेर्ने हाे भने सरकारलाई कर बुझाउन समेत घण्टाैसम्म लाइन बस्नु पर्ने र विचाैलियालाई घुस दिन बाध्य हुनु परेकाे अवस्था छ। देश हाँक्न सत्तामा पुगेका मन्त्रीहरू देखि उच्च तहका कर्मचारीहरू समेत पटक पटक भ्रष्टाचार र घुस काण्डमा समातिएका छन्, जनताकाे सेवा गर्छु भनेर विभिन्न आश्वासन दिँदै चुनाव जितेर सत्तामा पुगेपछि पद र शक्तिकाे दुरुपयाेग गर्नेहरू विभिन्न बहानामा उम्कने र सजायँ भई हाले पनि समान्य सजाय मात्र भाेगेर उम्कने गरेका छन् , कुशासनकाे चरम अवस्था छ । अहिलेकाे परिवेशमा हामी साहित्यकारहरूले आफ्नाे सिर्जना मार्फत हाम्राे समाज र विश्वबाट नै भ्रष्टाचार उन्मुलन गर्ने अभियानकाे रूपमा सचेतना फैलाउँदै आफू र आफ्नाे समाजलाई सुसूचित गर्नु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे।

कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रा भाग १३ मा विश्वभरिबाट सहभागी भई हाम्राे टाेल, छिमेक, समाज, देश र विश्वलाई नै सु-सूचित, सचेत र खबरदारी गर्दै “भ्रष्टाचार उन्मुलन गराैँ” भन्ने सचेतना छर्दै न्यायपूर्ण, सभ्य र समुन्‍नत समाज निर्माणकाे आह्वानका साथ नव काव्यिक उपविधा टुक्का कविता (दुई हरफका कविता) काे अनन्त टुक्का यात्रा कार्यक्रममा सहभागी भई चाेटिला  टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

टुक्का यात्रीहरूले “भ्रष्टाचार उन्मुलन गराैँ ” भन्ने आह्वानका साथ सिर्जना गर्नु भएका केही टुक्का कविताहरू

[१]
१.
जति गाली गरे पनि छोड्दैनन् भ्रष्टाचार गर्न
कति परेको हो तिनका भव्य गोप्य थैला भर्न ।
२.
अब पनि नजागे लौ हामी जनता कहिले हो जाग्ने
भ्रष्टाचारी नेताका लागि अरूसँग अझै कति माग्ने ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
[२]
भ्रष्टाचार उन्मुलन गर्ने उपाय भेटिएन
इमानदार मान्छे देशमा एउटै देखिएन।
✍️ डा.देवी पन्थी
[३]
१.
असत्य देखिन्छ एकदिन, प्रमाण जुट्दछ
सिमा नाघेपछि  उदर, बेलुन झैँ फुट्दछ ।
२.
भन्छन् ईश्वर माथि छ, न्याय अन्याय देख्दछ,
हिसाब किताब राख्दछ, सबथोक  लेख्दछ ।
३.
थुपारी  सम्पत्ति के गर्छौ ?  गरेर भ्रष्टाचार,
जाने खाली हात नै हो, छोडी दौलत अपार ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[४]
१.
भ्रष्टाचारले देशमा गृहयुद्ध ननिम्त्याउला भन्न सकिन्न,
नेताजीहरु हो !अब तिम्रा चाप्लुस कुराले जनता फकिन्न।
२.
एक एक गरेर छानेर भ्रष्टाचारी देश निकाला गर्नुपर्छ ,
अनि मात्र गाउँ गाउँ शहर चौतर्फी बिकासको सुगन्ध छर्छ।
✍️ शर्मिला श्रेष्ठ
भैंसेपाटी ललितपुर
[५]
१.
वकिल नै घुस दिलाउनमा अघि अघि सर्छन्
कस्ता कस्ता अपराधलाई सके मिलान गर्छन् ।
२.
भ्रष्ट आचार विचार बोक्ने कहिलेसम्म
माथिदेखि तलसम्म भ्रष्टाचारले डम्म ।
✍️ रचना शर्मा प्रतीक्षा
महालक्ष्मी नपा, ललितपुर ।
[६]
१.
कहाँ लेख्या छ र दाजै भ्रष्टलाई  पाल्नु
अफ्ठ्यारोको पिलो पर्छ निचोरेर फाल्नु ।
२.
अब समाइन थाले ठुला ठुला माछा
साँढेको जुधाइमा मिचिनु हुन्न बाछा।
✍️ तिला लेकाली
बेलबारी, माेरङ
[७]
१.
पापकाे घडा भरिएकाे थियाे लुटकाे साम्राज्य ढल्याे
कानुन भन्दा ठुलाे काेही हुदैन कतिकाे मन जल्याे ।
२.
आफ्नाे धरातल बिर्सिन्छन् तब भ्रष्टाचार माैलाउँछ
खाँड रायमाझी जस्तालाई अब कस्ले जाेगाउँछ ।
✍️ कविताहरी
सुन्दरहरैचा नगरपालिका १, माेरङ
[८]
कति बस्नु विदेशी भूमिमा बोकि हामीले भार
अन्त्य गर्नु पर्छ युवाहरू   देशमा  भ्रष्टाचार।
✍️ डिल्ली राज घिमिरे
अर्घाखाँची
[९]
१.
भ्रष्टाचारले देश सिध्याउन लागेको बेला
बुद्धि पुगेछ सजाय दिन कस्ले साथ देला ।
२.
भ्रष्ट नेता बिचमा राखेर हाँस्दै ,खेल्दै डुल्दै मजाले खाए
बेरोजगारी भएको देशमा भ्रष्टाचारी मजाले रमाए ।
✍️ अम्बिका अधिकारी
झापा विर्तामोड
[१०]
१.
भ्रष्टाचार उन्मूलन गर्न कम्मर कस्नुपर्छ,
देशबाट भ्रष्टचार गए  सबैको हित गर्छ।
२.
जहिलेसम्म राम्रो काम गर्छ साथ रहिरहला,
नराम्रो कामको विरोध गर्न तैयार राखौँ गला।
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[११]
भ्रष्टाचारको बुटोलाइ जरैदेखि फालौँ
अब देश सुधार्न कठोर पाइला चालौं।
✍️ सरिता सेढाई
धादिङ
[१२]
१.
भ्रष्टाचार छानबिन गर्ने नै भ्रष्ट भएका धेरै छन् खोजौँ ,
हाम्रो देश भ्रष्टाचार मुक्त पार्ने एउटा नयाँ बाटो रोजौँ ।
२.
अब सधैँ भ्रष्टाचारीको खबरदारी खोजी गरौँ ,
भ्रष्टाचार  निवारण  गर्ने चेतनाको  बीउ छरौँ ।
✍️ बेदु न्यौपाने
काठमाडौ
[१३]
१.
देशभक्त कहलिदैछन् ती भ्रष्ट नेताहरू
आफू चाेखाे ठहर्याउन देखाउँदैछन् अरू ।
२.
हिंसा महँगी अन्याय,अत्याचारले सीमा नाघ्दै गयाे
भ्रष्टाचारकाे जालाेले झन् याे देश नै डुवाउने भयाे ।
✍️ रश्मी रिमाल
झापा
[१४]
भन्सार नापी मालपोत एयरपोर्टमा घुसखोरी अन्त्यहाेस्
अख्तियार प्रहरी सेना मन्त्री नेता सबैमा नैतिकता चलाेस्।
✍️ चुडामणि देबकोटा
च न पा १३, काठमाडौ
[१५]
जरैदेखि फाडौँ अब भ्रष्टाचारको जालो
नेता जनता सबै मिल्ने आएको छ पालो।
✍️ पुनम सापकोटा
काठमाडौ।
[१६]
१.
देशका साना ठुला नेता सबै भ्रष्टाचारी
न्याय  प्रेमी जनताले गरौँ खबरदारी ।
२.
देशमा भ्रष्टाचारको सन्जालले जरा गाडेकाे
नैतिकहीन नेताले  देशकाे विकास भाँडेकाे।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[१७]

घुस दिने घुस खाने दुबै देशका शत्रु,
मिलीजुली बनाउँछन् मुलुकलाई पत्रु।

गर्नुहुन्न भ्रष्टाचार यही सन्देश छरौँ,
यस्तो कार्य लाै जरैदेखि उन्मूलन गरौँ ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[१८]
१.
भ्रष्टाचारको के कुरा गरौँ अब डर भयो देश खाई देला,
जनताले गणतन्त्र ल्याएको आज यस्तै देख्न रहेछ बेला।
२.
अफिसको कुरै छाडौँ सार्वजनिक शाैचालयमा भो सोर्स चाहिने,
अब त जनतालाई बाँच्न गार्‍हो भाे यो भन्दा के छ र सास्ती पाइने।
✍️ शंकर कार्की
थाहा नगरपालिका ३ मकवानपुर।
[१९]
१.
लाग्छ अब बिर्सिसके सदाचार ,
के हुन्छ त उन्मूलन भ्रष्टाचार ?
२.
बरु सच्याइएला शव्दकाेशमा ,
संशोधन हाेला शब्दको अर्थमा ।
✍️ शम्भु गजुरेल
[२०]
१.
भ्रष्टाचार नै हो देश रित्याउने रोग
मेटाउन यसलाई उठाैँ अब लाेग ।
२.
फेददेखि टुप्पोसम्मै भ्रष्टाचारको छ बोलवाला
जनता नजागे यो गाडे घाउ त कहिले पाे जाला।
✍️ दीपक ठटाल जलन
खरसाङ
[२१]
१.
भ्रष्टाचारको जालोमा मुछिएका देखिए पुराना सब
देखावटी छानबिनले को पर्ने र उम्कने होला अब?
२.
सबै युवा मिलि तहलगाउॅंने छन् भन्ने अझै छ आशा
तिमीहरू पनि त्यही ड्याङ्का मुला भै नपार है निराशा।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,म्यासाचुसेट्स बोस्टन।
[२२]
भ्रष्टाचार कता के भयाे? निकै चाँसाे राखि खाेज्ने,
आफ्नोे छाेरी विवाह गर्न भन्सारकै ज्वाइँ राेज्ने।
✍️ मित्र `उराठी´गाैतम
तिलाेत्तमा न पा-२, रुपन्देही
[२३]
भ्रष्टाचार गर्नेलाई कडा कार्वाही गर्नुपर्छ
अब निर्दोष हैन जाली दोषी जेल पर्नुपर्छ ।
✍️ रुपा गौतम
बारा
[२४]
काफल नै बनाए नि भ्रष्टाचारलाई
ठुला बडा सामन्तले घुमीघुमी खाई।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२५]
भ्रष्टाचारको उखलौँ सबै जरो किलो
भ्रष्टाचारी समाउन गर्नु हुन्न ढिलो ।
✍️ रचना मोक्तान “यात्री”
नमोबुद्ध न. पा.-५, काभ्रे !
[२६]
१.
झ्याल ढोका थुने पनि, धुरी फोडेर निस्क्यो
कराउन मात्र बाँकि छ, अब पाप जिस्क्यो।
२.
कानुन पनि अब त ताते गर्दै दरियो
भ्रष्टाचारीहरुको पापको घडा भरियो ।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[२७]
१.
भ्रष्टाचारको जालो याे धेरै फैलिएको
नेताकै संरक्षणमा सबै मैलिएको ।
२.
भ्रष्टचार गर्नेको पाप धुरीबाट करायो
भएको इज्जत जति सबै माटोमै हरायो ।
✍️ सुशीला ढकाल अधिकारी
[२८]
राष्ट्रघाती मौलाए जन्मभूमि लुटेर
भ्रष्टाचार निर्मूल गरौँ सबै जुटेर।
✍️ बाबुराम गौतम
गुल्मी
[२९]

भ्रष्ट कति धेरै हुन्छ ठुलो बढो हेर्दा कस्तो जाति
मानव बेचबिखनले गयो इज्जत भलिभाँती ।

सानालाई मात्र लाग्ने बनाउने हौँ कानुन तिमीहरू,
ठुलो माछा समाउने तरिका‌ कति पस खोरमा बरू।
✍️ भगवती दवाडी
झापा
[३०]
घुस  लिने  दिने  दुबैलाई  कडा  सजाय गरेर,
विकासका लागि मेरुदण्डको खम्बा गाडौँ सरेर ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[३१]
१.
जता हेऱ्यो उतै हाजिर ऊ! उसकै छ जगजगी
घुस नदिने जतै बेहाल कामेकाछन् लगलगी।
२.
नैतिकता  र  इमानदारी  कुन दुलामा पसे
सियाको टुप्पोमा छन् हाय! उपेक्षित भई बसे ।
✍️ अर्जुन उप्रेती (अप्रतिम)
असम भारत
[३२]
१.
विनागल्ती डराउन ठुला बडा देखि,
आफै जाने बुझ्ने हुँ म भनि लाए सेखी।
२.
भ्रष्टाचारले भित्र भित्रै रहेछ जरा गाडेको,
अब विकास हाेला कि भन्दाखेरि उल्टै भाँडेकाे।
✍️ सहयात्री शाेभा अर्याल
बुटवल, रुपन्देही
[३३]
१.
घुस तिमी नमाग न, म दिन बाध्य हुन्न
भ्रष्ट नै नभए, जेल, झेल, नेलले छुन्न।
२.
लाेभ, लालचा सबै त्यागी सच्चा नेता बन
कसम खाँउ, बाचा गर, देव साक्षी भन।
✍️ रमादेवि बानिया
कटुन्जे-५, भक्तपुर
[३४]
जता हेर्यो उस्तै देख्छु रङ्ग, रूप केही आकार छैन
कमाई भन्दा बढी तडकभडक भ्रष्टाचार हैन।
✍️ शारदा चौलागाईं ‘चन्द्रा’
काठमाडौं
[३५]
१.
जरैसँग भ्रष्ट बुद्धि नष्ट गरौँ
अब दलानमा पुज्ने दुबो छरौँ।
२.
अनेक देशले आकाशगंगा छोए
हाम्राले सबै मुखेन्जी इज्जत धोए।
✍️ रतन पाण्डे ‘पारतन’
दार्जीलिङ।
[३६]
अझ कहिले समाप्ति होला देशमा लुटतन्त्र,
लगाउन पाए हुन्थ्यो यी भ्रष्ट नेता मार्ने मन्त्र ।
✍️ विक्रम तिरूवा सलिन
जुम्ला
[३७]
भ्रष्टाचारीहरुलाई जेलमा कोच्नुपर्छ पालैपालो,
च्यातयुत पार्नुपर्छ सबै-सबै भ्रष्टाचारको जालो ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[३८
१.
काम सिकाएर पनि सारै नै गाह्रो हुन्छ गर्नलाई,
नसिकाइ भ्रष्टाचार सजिलो हुन्छ लाद्रो भर्नलाई।
२.
भ्रष्टाचार नै ठुलो दोष जानिन्छ विश्व संसार भरी,
छानविन गर्ने कै छ गोजी भरी, के गर्ने छक्क परी।
✍️ अच्युत घिमिरे
भुटानबाट🇧🇹
[३९]
१.
खोक्रियाे देश गरेर नेताले भ्रष्टाचार
भ्रष्टाचारी नेतालाई चुनेर बार-बार।
२.
पैसाकै निम्ति बाँच्दैछ यहाँ ,पैसाकै निम्ति मर्दैछ
देशको उन्नति गर्नेछु भन्दै भ्रष्टाचार  गर्दैछ?
✍️ बि.कुलुङ
दार्जिलिङ, भारत
[४०]
१.
विशाल नेपाल बनाउने हुन् हाम्रा वीर
भ्रष्टाचारी देख्दा अचेल लाग्छ सारै पीर ।
२.
भ्रष्टाचारीलाई खोजी खोजी हाल्नुपर्छ जेल
बन्द गर्नुपर्छ सबैले भ्रष्टाचारका खेल ।
✍️ बाबुराम पाण्डे
[४१]
१.
जनतामाझ फलाम देखाई आफू हिरा लाने,
तानिॅंदै गरेको डोरीले हेरौँ अब जेल जाने ।
२.
नियतानुसार नियम बनाई राज गर्नेहरू,
नैतिक पतन भएपछि बाँकी केही छ र अरू ।
✍️ म्यामराज राई
भोजपुर
[४२]
१.
जनताले आफ्नै गाँस काटेर देश पाल्छन् बिचरा
भाइरसले देश थला पर्यो काटौँ भ्रष्टको जरा ।
२.
कारबाहीमा दबाब आउला खुट्टा नकमाऊ
दोषी चैँ नछुटोस् निर्दोष नागरिक नसमाऊ।
✍️ डा.चन्द्र खत्री
इमाडोल!
[४३]
१.
भनाै अब खबरदार बनाै हाेसियार ,
भ्रष्टाचारी पहिल्याएर पाराैँ नाङ्गेझार ।
२.
मुलुक हाँक्ने ठेकेदार नै गलत विचार बाेक्ने ,
कसले जाँच्ने भ्रष्टाचार कसले हाेला राेक्ने ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा
[४४]
१.
दण्ड अनि पुरस्कार हुनुपर्छ शासनमा
कुनै तिखो काँडा पनि हुनुहुन्न आसनमा।
२.
न्यायमूर्ति बिक्नुहुन्न यहाँ कुनै प्रभावमा
दोषी पक्कै छुट्नुहुन्न प्रमाणको अभावमा।
✍️ महेन्द्र मान बलामी
दक्षिणकाली न.पा-९, फर्पिङ ,काठमाडौ।
[४५]
नेपालीको मनमा बसी भ्रष्टाचार गर्ने गर्छन्
नाटक गर्दै धनमा पसी छुरा नै हान्दै मर्छन्।
✍️ योगेन्द्र भट्टराई
खोटाङ
[४६]
१.
देशमा आज चारैतिर भ्रष्टाचारको आगो बलेछ
सेवा गर्छु देशको भन्दै नेता जनतालाई छलेछ।
२.
भ्रष्टाचारको हुन्डरीले समाज कमजोर झैँ भएछ
देशलाई गरिब बनाउन नेताको कुबुद्धि  रहेछ।
✍️ नीता गुरूंग भाटिया
असम भारत।
[४७]
नगर चुरफुर तिमी  भ्रष्टाचारी
फाँडिने छ एकदिन लुटकाे घारी।
✍️ दीपा शाही  रावत
कैलाली   टिकापुर ।
[४८]
१.
के ले बन्यो भव्य महल छिमेकीको हेरौँ,
भोज  भतेर  सधैँ गर्छ बहिष्कार  गरौँ।
२.
जरै देखि उखेल्नु  छ घृणित भ्रष्ट मति,
नागरिक पीडित  छन्,राष्ट्रलाई नि खती।
✍️ मनोहरी पौडेल
गैडाकोट १
[४९]
१.
देशैभरि फैलियो नि भ्रष्टाचारको जालो
खोजी खोजी निकालौँ लुकाएको धन कालो।
२.
भ्रष्टाचारको एक एक अब पोल खोलिदैछ
धुरीबाट पाप करायो रे जोखिम मोलिदैछ।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
[५०]
१.
मन्त्री देखी हाकिमसम्म सबले मिली खान्छन्,
यस्ता  गद्दार भ्रष्टाचारी चाँडै जेलमा जान्छन्।
२.
जनताको परिश्रममा खेले यिनले होली,
भ्रष्टचारी पिण्डहरुलाई  हान्नु  पर्छ गोली।
✍️ नवशिला
बेलबारी-२,लालभित्ती, मोरङ ।
[५१]
१.
देशको राम्रो काम नेपालकाे लेख्याैँ
काे काे हुन् भ्रष्टाचारी हामीलाई देख्याै?
२.
सकेछन् देश सबै याे नेताहरूकाे लुट
नदेउ कसैलाई पनि माफी माग्ने छुट ।
✍️ कल्पना भण्डारी
[५२]
१.

भ्रष्टाचारीहरूले गर्दा यो देशलाई खोक्रो  बनाए
समृद्धिको नारा लाउँथे पहिले अब आफैँ गन्हाए।
२.
भ्रष्टाचारको जालो तोड्नलाई जरासम्म पुग पहिले
जनता सामु नङ्ग्यादेउ कसले कति कुम्ल्याए कहिले।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[५३]

भ्रष्टाचारले देश खायो गरौँ खबरदारी,
कस्को विश्वास गर्नु र अब सबै भ्रष्टाचारी।
२.
देशको विकास केलाई गर्नु आफ्नाे गोजी भर्ने,
जनता रुवाई नाम कमायौ लुकी हिड्नु पर्ने।
✍️ दुर्गा आचार्य
मोरङ
[५४]
१.
काग कराउँदै छ पिना सुक्दै गर्छ भन्छन् हाम्रा देशका नेताहरू,
अतिचार भ्रष्टाचार सहन नसकि उठे युवा केटी केटाहरू।
२.
अत्यचार भ्रष्टचार बन्द गर्न हामी एकजुट भएर लागौँ,
दिनमै सुतेर सपना देख्ने हैन है महोदय सोचेर जागौँ।
✍️ कमला पाण्डे पराजुली
झापा
[५५]
१.
देशमा राष्ट्रघाती मौलाए
कोही नेता पैसाले बौलाए ।
२.
के गर्नु र यस्ता कुपुत्रका कुरा ?
झन् यिनका छोरा लुट्न भए सुरा ।
✍️ दुर्गा भट्टराई
मोरङ
[५६]
१.
घुस लिने दिनेलाई कोर्रा हानौँ अब
नत्र भने मौलाउँछन् घुसखोरी सब।
२.
भ्रष्टाचार निर्मूल पार्न खाता पल्टाई हेरौँ
यो देश सुरक्षित राख्न काँडे ताराले घेरौँ।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[५७]
दुई हातमा लड्डु पाउन थाले जाल बुन्न
सचेत  होऊँ, भ्रष्टलाई  उम्कन दिनु हुन्न ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[५८]
१.
भ्रष्टाचार गरेर नै के काम कमाएको
देश गरिब बनाएर एक्लै रमाएको।
२.
जनताको घरमा चै छैन खान अन्न
धनी मानी मात्रै यहाँ मोटाएछन् टन्न।
✍️ सन्जना शर्मा
दाङ लुम्बिनी प्रदेश नेपाल
[५९]
१.
सबै कुराहरू पानामा सीमित नहोस्
भ्रष्टाचार व्यवहारमा नै नदेखिओस्।
२.
उन्मूलन हुनुपर्छ भ्रष्टाचार पनि
नराम्रो कार्य नगर्नु है एकै हौ भनि ।
✍️ रिता खराल
रुपन्देही
[६०]
१.
ल्याउने हो भने त अर्थतन्त्रमा सन्तुलन
गर्नुपर्छ  सबै मिली भ्रष्टाचार उन्मूलन।
२.
लगाउनु पर्छ हतकडी बाहुको दायाँबायाँमा
नलुकाउ ए नेता भ्रष्टाचारीलाई छत्रछायामा।
✍️ बुलबुल सिमर ‘साने’
धादिङ
[६१]
१.
भ्रष्टलाई कार्बाही हुनुपर्छ, कोच्नु पर्छ जेल ,
जफत गरेर सम्पत्ति , लगाउनु पर्छ नेल ।
२.
भ्रष्टाचारीलाई सराप लागोस् , ज्यानको होस् क्षति ,
दिनहुँ भ्रष्टाचारीको घरमा होस् , जघन्य खती ।
✍️ बिके माकजु
भक्तपुर ।
[६२]
नेतालाई नचाउँने ताली बजाउँछौ,
पैसा पाएन कि त्यहाँ गाली मचाउँछौ।
✍️ हन्नाह क्षेत्री
सिलिगुडी
[६३]
भ्रष्टाचारीहरुले हेर ! देश डुबाए
श्रमजीवी जनतालाई धेरै रुवाए।
✍️ परिक्रमा श्रेस्ठ
धरान- १५, सुनसरी ।
[६४]
झर्दैछन् ती खाेला नाला भेट्न सागर उर्लदै
भ्रष्टहरू मन्द मुस्कान छर्दै हिड्छन् कुर्लदै ।
✍️ खुनराज काेईराला
[६५]

इमान्दार नैतिकवान खोज्न कहाँ जाऊँ
भ्रष्टाचारले नगाँजेको छैन कुनै ठाउँ।

कुन्नि कहिले आउने होला जनताको सत्ता
नेतालाई चैँ मालामाल भ्रष्टाचार र भत्ता।
✍️ रतन बिष्ट
आलिताल डडेल्धुरा
[६६]
१.
विश्व सामु नेपालीको,नाक जाने भयो,
भ्रष्टाचारी ठुला नेता,बिन्ती मागि गयो।
२.
देश खोक्रो बनाएर झन् ,विकास गर्छु भन्छ,
जताततै बैमानी छ, देशको इज्जत बन्छ?
✍️ एवाइ प्रभात
सहिदभूमि -धनकुटा
[६७]
१.
देख्न मन लागेकाे थियाे सुन्दर मेराे देश,
किन लाग्याे खै मुलै खाँबाे भ्रय्टाचारकाे केस।
२.
विश्वास अनि भराेसाकाे निसान नै मेटियाे,
भित्र भित्रै खाेक्राे तर ओजन कुरा भेटियाे।
✍️ पुष्पा राई
खाेटाङ
[६८]
१.
भ्रष्टाचारको विरुद्ध अघि सरौँ
नामेट पारेर उन्मूलन गरौँ ।
२.
लाज सर्म नभएका भ्रष्टाचारीलाई
जेल कोचे नेल ठोके केही हुन्न भाइ ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[६९]
१.
भ्रष्टाचारीको कुनै देश अनि भेष हुन्न,
जननीको माटोलाई आत्मियताले छुन्न !
२.
भ्रष्टाचार फोहोर हो देशको जरैबाट फालौँ,
उन्मूलन गरौँ भ्रष्टाचार देशबाट नपालौँ ।
✍️ शरद प्रधानाङ्ग
विराटनगर-७
[७०]
१.
देश चलाउने व्यक्ति योग्य हुनुपर्छ,
देशको  मर्मलाई  नेताले छुनुपर्छ।
२.
नेता बने हामीलाई लुकाएर खाने ,
भ्रष्टाचार गरेपछि अब कता जाने।
✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”
पाल्पा हाल बर्दिया ।
[७१]
भ्रष्टाचार  देशको लागि हानिकारक राेग,
दुःखी जनता नि हेर अब कति गर्छौ भाेग।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[७२]
१.
भ्रष्टाचार हटाई अब देश राम्रो बनाऊँ
नेपाल याे साच्चै भ्रष्टाचाररहित जनाऊँ।
२.
भ्रष्टाचारको अन्त्य गरौँ सबैलाई खबरदार
स्वतन्त्रतापूर्वक बाँच्न पाउने हाम्रो अधिकार।
✍️ साधना पाैडेल
ओखलढुंङ्गा
[७३]

शुद्ध राखौँ मन पनि वचन अनि आचार
कहीँ कहिल्यै कसैले नि नगरौँ भ्रष्टाचार।
२.
निर्मूल गरौँ हामी यसलाई सुधारेर आचार
जान्छ है हजुर इज्जत पनि हुनुपर्छ लाचार ।
✍️ उदार
पाणिनि ७, अड्गुरी झन्द्रेक
अर्घाखाँची
[७४]
भ्रष्टाचारी स्वार्थी होउ भन्दै नेता पाेस्नु कति ,
हामी आफैँ अवसरवादी हाम्रै विग्र्यो मति ।