मकवानपुर / मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले शनिबार हेटौंडामा गाेपाल सञ्जेलकाे उपन्यास “समय रेखामा आमाेई” उपन्यासमाथि विमर्श गरेको छ ।
झरनाले आफ्नाे २८९ औँ साहित्य शृङ्खलाअन्तर्गत विमर्श कार्यक्रम साहित्य सङ्गम मकवानपुरको सभाहलमा गरेकोमा हाे ।
कार्यक्रममा जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे । उहाँले लामो राजनीतिक र सामाजिक जीवनबाट खारिएका लेखकले काँठ क्षेत्रका बिषयवस्तु चयन गरेकोमा बधाई दिनुभएको हाे ।
विमर्श कार्यक्रममा बक्ताका रुपमा रहनुभएका घनश्याम घिमिरेले काँठ क्षेत्र, त्यसमा प्रयोग हुदै आएका भाषा, त्यस क्षेत्रकाे रहनसहन र संकृतिकाे विषयमा लेखकले राम्रोसँग उल्लेख गरेको आफूले पाएकाे बताउदै काँठ क्षेत्रका विषयमा धेरै लेखिनु पर्नेमा त्यसाे हुन नसकेको बताउनुभयाे ।
विमर्श कार्यक्रमका अर्का वक्ता रमेशमाेहन अधिकारीले पहाडी जनजीवनका विषयमा पुस्तकले धेरै बाेलेकाे बताउँदै अझै शसक्त ढङ्गबाट यस्ता विषय उठान गर्न अब लेखकहरूले स्थलगत रुपमा पनि काँठ क्षेत्रमा गएर थप लेख्न सुझाव दिनुभयो ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक जनार्दन खनाल, नेपाली भाषा शिक्षक समिति मकवानपुर अध्यक्ष केशव सञ्जेल, साहित्य सङ्गम मकवानपुर अध्यक्ष अनिता न्याैपाने, नेपाली लेखक सङ्घ अध्यक्ष छवि अनित्य,आधुनिक नेपाली गजल अभियान संयाेजक यमन देव उत्प्रेरक, मुक्तक मञ्च मकवानपुर अध्यक्ष डिबी बर्ताैला, गजलकार देवराज तिवारी, समाजसेवी मुक्तिगाेविन्द वैद्य, कृष्ण प्रसाद सञ्जेल, समाजसेवी राजु सञ्जेललगायतकाे उपस्थिति रहेकाे थियाे ।
संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलकाे सभाध्यक्षतामा भएको कार्यक्रममा गायत्री रुपाखेतिले स्वागत मन्तव्य राख्नुभएको थियाे भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव मसान उपासकले गर्नुभएको थियाे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।