प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखा उदयपुर र उदयपुर साहित्य कला प्रतिष्ठानले फरक फरक समयमा मासिक रचना सम्पन्न गरेका छन् ।

प्रत्येक महिनाको अन्तिम शनिबार रचना वाचन गर्नै पूर्व निर्णयअनुसार यो रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल निजामति कर्मचारी संगठनको सभाकक्षमा भएको सो कार्यक्रममा प्रलेस उदयपुरले र उदयपुर साहित्य कला प्रतिष्ठानले कार्ययोजना बनाएर संघीय तथा प्रदेश सभाका सदस्य तथा जिल्लाका नगर र गाउँपालिका समक्ष पेश गर्ने, स्रष्टा सम्मानका लागि कार्यविधि बनाउने निर्णयसमेत गरेको छ ।

यसैगरी दुवै संस्थाको बैठकले विभिन्न साहित्यिक संस्थाहरूसँग मिलेर कार्यक्रम गर्ने, साहित्यिक पर्यटन यात्राकालागि आवश्यक प्रक्रिया अघि बढाउने, प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा गोष्ठी कार्यशाला तथा विभिन्न प्रशिक्षण आयोजना गर्ने र साहित्यिक पत्रिका तथा पुस्तक विमोचन गर्ने निर्णय गरेको छ ।

प्रलेसको बैठक उदयपुर जिल्ला शाखाका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा भएको थियो भने उदयपुर साहित्य कला प्रतिष्ठानको बैठक डा.कैलाश कुमार राईको अध्यक्षतामा भएको थियो ।

बैठकपछि प्रलेसले रचना वाचन कार्यक्रम गरेको थियो भने प्रलेस बैठकमा सहभागी स्रष्टाहरूले उदयपुर साहित्य कला प्रतिष्ठानको बैठक पछिको रचना वाचन कार्यक्रममा सहभागिता जनाएर रचना वाचन गरेका थिए ।

सो कार्यक्रममा हिमालय पौडेल, विष्णु बहादुर खड्का, कीर्ति बहादुर खड्का, कुमार कोइराला, महेन्द्र कुमार राई, खिला घिमिरे बुँइपाखिरी, हर्क नारायण श्रेष्ठले रचना वाचन गर्नुभएको थियो ।

यस्तै बोध कुमार घिमिरे, फडिन्द्र विश्वकर्मा, हरिशरण खतिवडा, शारदाप्रसाद भट्टराई, श्यामकर्ण राई, माधव पोखरेल गोज्याङ्ग्रे,सरिता पौडेल गुरागाई, गङ्गा पहाडी ढकाल, सम्झना असफल, अनिल घिमिरे, डा.कैलाश कुमार राई, पावलपन्थ प्रेरित राइर्, चन्दनारायण चौधरी लगायतका स्रष्टाहरूले आ-आफ्नो रचना सुनाउनुभएको थियो ।