काठमाडौं / कवि सुषमा आचार्य ‘अंशु’को पहिलो काव्यकृति ‘अक्षरको आयतन’ सार्वजनिक भएको छ ।
राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमलगायतले उक्त काव्यकृति लोकार्पण गर्नुभयो ।

कृति सार्वजनिक गर्दै प्रा.डा. गौतमले कविताका शक्ति र सामर्थ्य बुझ्न हृदयसँगै मस्तिष्कको पनि प्रयोग हुनुपर्ने बताउनुभयो । उहाँले कवि सुषमासँग भावना र अनुभूति प्रवल रहेको उल्लेख गर्नुभयो ।

सार्वजनिक कृतिमाथि समीक्षकद्वय माधव नेपाल तथा डा. शान्तिमाया गिरीले समीक्षात्मक टिप्पणी गर्नुभयो ।