गायिका शशी किरातीको ‘जून भई चिहाई जानु’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

जीवन मुकारुङको शब्दमा संगीतकार दिनेश “काजी” बान्तवाले लय भर्नुभएको यस गीतलाई शशी किरातीले स्वर दिनु भएको छ । यस गीतलाई गोदावारीमा छायाङ्कन गरिएको छ भने सो म्युजिक भिडियोलाई हालै सार्वजनिक गरिएको छ ।

देवेश राईको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडि्स योगेन मुकारुङ र मिक्सिंङ मुस्कान मुकारुङको रहेको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल स्वयम् गायिका को ‘सशी किराती’ मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा दुर्गा बान्तवा र योगेन मुकारुङको छायाङ्कन,अनिशा चाम्लिङ राईको शृङ्गार र जीवन मुकारुङको सम्पादन र कलरिङ रहेको छ।

संखुवासभाको सिलिचोङ गाउँपालिका, माङ्तेवामा जन्मेकी गायिका शशी किराती मोफसलमै रहेर पनि नेपाली गीत–सङ्गीतका क्षेत्रमा निरन्तर सक्रिय छिन् । छोटै अवधिमा उनका तीन दर्जन भन्दा बढी गीत रेकर्ड भएका छन्।