साहित्यकार सुशीला भुसालको ‘कठघरा’ र ‘येलो सुइट’ दुई उपन्यासको लोकार्पण गरिएको छ । तरेली साहित्यिक प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, डा. बिन्दु शर्मालगायतले कृतिको लोकार्पण गर्नुभएको हो ।
कृतिको लोकार्पण गर्दै उपमहासचिव ज्ञवालीले कठघरा उपन्यासले तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको प्रभाव र असरबारे साहित्यिक ढङ्गमा व्याख्या गरिएको बताउनुभयो । उहाँले विद्यार्थी जीवनदेखिकै परिचित भुसालको फरक आयामबारे पनि बुझ्ने अवसर यस कृतिमार्फत मिलेको उल्लेख गर्नुभयो ।
कठघरामा तीन पात्रबीचको कथालाई सरल, सरस भावमा प्रस्तुत गरिएको छ भने येलो सुइटले समसामयिक विषयलाई समेटेको छ । कार्यक्रममा एमाले नेता खिमलाल भट्टराईले भुसालले साहित्यमा निक्कै सरल भाषा लेख्ने शैलीले पढ्दा पाठकको ध्यानाकर्षण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।