भाइरल गायकका रूपमा प्रख्याति कमाएका गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएलगत्तै युट्युबमा सुपरहिट भएको छ।

शुक्रबारका दिन मात्र ‘हेर दिन ढल्यो’ नामको गीत सार्वजनिक गरिएको थियो । दुई दिनमै गीतले एक लाख ६६ हजार भ्युज पाइसककेको छ भने यो बढ्दो क्रममा छ । ट्रेन्ड भइरहेको संगीतको सूचीमा यो गीत यतिबेला १२ नम्बरमा छ ।

गीतमा बस्तीमा कुनै दिन उज्यालो थियो भन्दै अहिले उज्यालो अन्तै बसाइँ सरेकोमा उनले चिन्ता व्यक्त गरेका छन्।

गीतमा कृष्णसिंह पेलाको शब्द छ। गीतमा संगीत तथा स्वर तिलकको छ। संगीत संयोजन रिदम कँणेलले गरेका छन्।

यसअघि उनको ‘के लत बस्यो’ बोलको गीत भाइरल भएको थियो। उनको सो गीतले अहिलेसम्म ७० लाख भ्युज पाइसकेको छ ।

गीतको शब्दः
——————–
हेर दिन ढल्यो
——————–
हेर दिन ढल्यो, हेर दिन ढल्यो
झमक्कै साँझ पऱ्यो
हेर दिन ढल्यो, हेर दिन ढल्यो

यो बस्ती कुनै दिन उज्यालो थियो
उज्यालो त अन्तै बसाइँ सऱ्यो

अझै लाग्छ सबथोक हिजो अस्तिझैँ
त्यही भुलभुलैयामै जवानी बित्यो
——————–