हेटौंडा, वैशाख २० / सिस्नुपानी नेपाल मकवानपुरले उत्कृष्ट हास्यव्यङ्ग्य कविताको सूची सार्वजनिक गरेको छ ।

खुला हास्यव्यङ्ग्य कविता प्रतियोगितामा प्राप्त कूल ८१ कविताहरूमध्ये बुधबार निर्णायक मण्डलद्वारा पहिलो चरणमा उत्कृष्ट २५ कविता छनोट गरिएको हो ।

२२ गते शुक्रबार २५ कविहरुले वाचन गरेपश्चात् कूल अङ्क गणना गरिने र अन्तिम निर्णय सार्वजनिक हुने संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले बताउनु भयो । प्रतियोगितमा प्रथम १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार तथा सान्त्वना २ जनाले जनही ३ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हास्यव्यङ्ग्य कवितामार्फत् समाजमा रहेका वेथिति तथा विसंगतिका विरुद्ध प्रहार गर्दै उन्नत समाज निर्माणमा सघाउ पुग्ने सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को प्रवर्द्धनमा सञ्चालन हुन लागेको हो । स्थानीय सरकारले बाटोघाटो, पुलपुलेसा र भवनलाई मात्र विकास ठान्न नहुने र शिक्षा, साहित्य, कला जस्ता क्षेत्रमा लगानी गरे बौद्धिक व्यक्तित्व उत्पादनमा जोड पुग्ने अध्यक्ष नवीन सिग्देलले बताउनु भयो । साथै कार्यक्रमलाई मिडिया पार्टनर साहित्य पोस्ट र हास्यव्यङ्ग्य पार्टनर फित्कौलीको साथ रहेको छ ।

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले हास्यव्यङ्ग्यमा पुराना पुस्तालाई सम्मान र नयाँपुस्तालाई आकर्षण गर्नमा सिस्नुपानी हेटौँडाको अनुकरणीय योगदान रहँदै आएको बताउनु भयो ।

संस्थाले प्रतियोगिताका अतिरिक्त भैरव जयन्ति, गाईगात्रा, देउसी भैलो तथा नियमित हास्यव्यङ्ग्य रचना वाचन जस्ता कार्यक्रमहरू गरिरहेको छ ।

सिस्नुपानी मकवानपुर तथा कविता प्रतियोगिताका सन्दर्भमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले भन्नुभयो- सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धनका लागि गरिरहेका कामहरू अत्यन्त सह्राहनीय रहेको र संस्थाको २६ औं वार्षिकोत्सवलाई भव्य बनाउन आयोजना गरिएको राष्ट्रव्यापि हास्यव्यङ्ग्य कविता प्रतियोगिताले यस क्षेत्रमा उत्साहवर्द्धक हलचल ल्याएको अनुभव भएको तथा नयाँनयाँ प्रतिभाहरू जन्माउन यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

विभिन्न सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक आर.सी. रिजालले सिस्नुपानी मकवानपुर र साहित्य संगमका नाममा दिनु भएको जग्गामा संस्थाको आफ्नै भवन रहेको छ । सो भवन मकवानपुरका विभिन्न साहित्यिक संस्थाहरूको साझा थलोका रूपमा विमर्श, वाचन, पुस्तक विमोचन आदि कार्यहरू नियमित हुने गर्दछ । कविता प्रतियोगिता कार्यक्रम रोयल पार्टी प्यालेस, हेटौंडा ४ मा आयोजना हुनेछ ।

सिस्नुपानी नेपालको स्थापना दिवस वैशाख १९ को अवसरमा यही वैशाख २२ गते हुन लागेको खुला हास्यव्यङ्ग्य कविता प्रतियोगितामा देशभरबाट प्राप्त कूल ८१ कवितामध्ये वाचनका लागि २५ कविता छनोट भएका छन् । छनोट चरणमा परेका कविहरूले २२ गते रोयल पार्टी प्यालेस, हेटौंडामा उपस्थित भई कविता वाचन गर्नुपर्नेछ । वाचनको अङ्क गणनापश्चात् अन्तिम नतिजा प्रकाशन हुने हुँदा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।
छनोट भएका २५ कविताहरू निम्न छन्:
१ अनिल अदृश्य श्रीमतीको अनुहार धनकुटा
२ कमल घिमिरे नेताज्यूलाई स्वागत छ पाँचथर
३ कविराज घिमिरे मान्छे भक्तपुर
४ काशीनाथ मिश्रित कुर्सी गुल्मी
५ गायत्री नेपाल रक्सी मकवानपुर
६ छविलाल आचार्य खन्चुवा कास्की
७ टंकराज ढकाल अझै झिँगे दाउ नवलपरासी
८ डिल्लीप्रसाद मुलतिहुन जाँडरक्सी महोत्सव भक्तपुर
९ तारानाथ पराजुली हामी पर्वत
१० निशान निष्कर्ष बा होइन पितामह गोरखा
११ प्रभास घिमिरे बाँदर मकवानपुर
१२ बैकुण्ठ लामिछाने प्रिय देशबासीहरू मकवानपुर
१३ भरत रिजाल असफल प्रेमीको बकपत्र पाँचथर
१४ मदन घिमिरे सरकार निदाएकै छैन कास्की
१५ युगेश आचार्य प्रजातन्त्र तनहुँ
१६ रमेश व्यङ्ग्यचरी उहाँ जस्तै हुन नसक्दा उदयपुर
१७ रमेश समर्थन श्रीमतीको सनक रुपन्देही
१८ रस्मिता तिमल्सेना गजबको लोकतन्त्र मकवानपुर
१९ राजु झल्लुप्रसाद साम्यवादी रुख धादिङ
२० रामशरण न्यौपाने राजनीतिको डढेलो भक्तपुर
२१ संयोग बस्याल हामी कास्की
२२ सविता तिमल्सिना हेटौंडाको कहानी मकवानपुर
२३ सन्तोष खनाल सत्ताको स्वाद नवलपरासी
२४ समर्पण न्यौपाने टेन्सन नहोस् मकवानपुर
२५ सुरज पराजुली फलानो सुनसरी