वरिष्ठ प्राध्यापक तथा नागरिक दैनिक/ रातो पार्टी अनलाईनमा हाल कला विधाका वरिष्ठ संचारकर्मी मुकेश मल्लले नेपाल सरकारले लागु गरेका विभिन्न तहहरूको पाठ्यक्रममा सबै खाले विधाहरूलाई ‘कला’को संगठित/ समष्टिगत गरेर लैजान आवश्यक रहेको बताउनुभएको छ।
आज सोमबार मोरङको पथरीशनिश्चरे-२ स्थित साल्पा होटलमा आयोजित एक प्राज्ञिक भेलामा उहाँले सो कुरा बताउनुभएको हो।
नेपालको पाठ्यक्रममा नै कला शब्दको अर्थ अनुसार गायन , संगीत, साहित्य ( गीत ,गजल , निबन्ध, नाटक, कविता लेखन, गायन कला,चित्रकला, जस्ता) विधालाई समायोजित रूपमा शैक्षिक जागरण अभियान नै अगाडि बढाउन उहाँले सुझाउनु भएको थियो।
उक्त अवसरमा ‘कला’ शब्द सबै विधाहरूलाई समष्टिगत रूपमा समेट्ने साझा शब्द रहेको अर्थ्याउँदै ललित कलाको अध्ययन अध्यापन गर्नुपर्ने औल्याउनु भयो। उहाँले ऐतिहासिक पक्ष र वर्तमान आयामहरूलाई राम्ररी बुझ्ने सम्वन्धित विज्ञहरुको खोजी र पहिचान गरी त्यस्ता सर्जकको योगदानको कदर समेत गर्न प्रष्टयाउनु भयो।
उक्त अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान ललीत कला सदस्य सरोजा खड्गी , नाट्य तथा चलचित्रकर्मी वरिष्ठ अभिनेता जिवन बराल, कला साहित्य प्रवर्धदन समिति पथरीशनिश्चरेका अध्यक्ष धनराज राई , साहित्यकार -ललिता मल्ल,- स्थानीय साहित्यकार/ दिपक ढुंगाना , नाट्यकर्मी – सरोज तिमिल्सिना ,वरिष्ठ लोक गायक – अर्जुन सेन्चुरी , स्थानीय साहित्यकार -लक्ष्मी प्रसाद फुयाल , पत्रकारहरु क्रमशः गोपाल काफ्ले, विजय खम्बू, छविराज ढकाल, भूमि प्रसाद पाठक, सरोज निरौला लगायतको उपस्थिति रहेको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।