मुगु, रारा / रैथाने संस्कृति र प्राकृतिक सौन्दर्यको अध्ययन तथा अवलोकन गर्ने उद्देश्यले नेपाल प्रज्ञा- प्रतिष्ठान, प्राज्ञ परिषद् रारा ताल पुगेको छ।
यसैक्रममा “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा- प्रतिष्ठान” भन्ने मूल नाराका साथ रारा तालको किनारामा पहिलोपटक नेपाल प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ परिषद्को ऐतिहासिक बैठक कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न भयो । बैठकले ५ बुँदे रारा घोषणापत्र-२०८०साल वैशाख १८ मङ्गलबार जारी गरेको छ।
घोषणापत्रमा नेपालको भाषिक र सांस्कृतिक विविधतालाई आत्मैदेखि स्वीकार गर्दै नेपाल प्रज्ञा -प्रतिष्ठानलाई सबैको साझा थलो बनाइने, सङ्घीय गणतन्त्र नेपालको मूल्य र मान्यतालाई आत्मसात् गर्दै परिवर्तनको सौन्दर्यलाई स्थापित गरिने, प्राज्ञ र प्राज्ञिक कर्मको जग उच्च नैतिकता, स्वच्छ संस्कार र छविको हुने हुनाले सोही अनुसारको कर्मलाई अनुसरण गरिने छ / गराइने, ज्ञानका बहुविध क्षेत्र र स्रोतहरूका बहस,अध्ययन, अनुसन्धान र अभ्यासहरूलाई बढी जोड दिइने र आजको युगमा प्रश्न जुनसुकै क्षेत्र, तहतप्कामा आवश्यक छ । प्रश्न नै समाज रूपान्तरणको पहिलो आधार हो । त्यसैले प्रश्न आफैँसँग पनि गरिने छ । प्रश्नसँग सँगै काम गरिने बताइएको छ ।
उपर्युक्त “५ बुँदे रारा घोषणापत्र “नेपाल प्रज्ञा-प्रतिष्ठानको उच्च प्राज्ञिक खोज -अनुसन्धानका लागि एक कोसेढुङ्गा साबित हुनेमा आफू आश्वस्त रहेको कुरा प्रतिष्ठानका कुलपति राईले बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२२ कार्तिक २०८२, शनिबार 









