२८ अप्रिल शुक्रबार गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतार अन्तर्गत साहित्य विभागले आयोजन गरेको साहित्यिक रचना वाचन कार्यक्रम सर्जक र साहित्य तथा एक उपस्थिति एक निःशुल्क पुस्तक नामक कार्यक्रम दोहास्थित एसियन स्टार रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष सुरेश भट्ट आश्रिनको सभापतित्व, एनआरएनए आइसिसी सल्लाहकार धर्म केसीको प्रमुख आतिथ्य तथा एनआरएनए एनसिसी मानार्थ सदस्य आरसी पन्तको विशेष अतिख्यतामा दीप प्रज्वलन गरिएको थियो।

एनआरएनए एनसिसी कतारका महासचिव ध्रुवराज अधिकारीको स्वागत मन्तव्यसहित अघि बढेको कार्यक्रममा स्रष्टाहरूको परिचयका लागि रेकर्ड अडियो बजाइएको थियो। चार सर्जकलाई नै एकले अर्कोलाई वाचनका लागि अनुरोध गर्दै कार्यक्रम अघि बढाइएको थियो ।

८० जनाभन्दा बढीको उपस्थितिमा चार सर्जक कवि खेमराज सुवेदी, दीप मिलन, गजलकार टीका खड्का र मुक्तककार विमल रेग्मीले विधागत रचना वाचन गर्नुभएको थियो भने उहाँहरूका लागि पृष्ठभूमिमा बाँसुरीको धुन ख्याम प्रसाद भट्टराईले बजाउनुभएको थियो।

निर्धारित समय सकिनै लाग्दा पनि वान्स मोर र ताली गुन्जिरहेका थिए भने अन्तसम्म श्रोता मन्त्रमुग्ध थिए। रचना वाचनको कार्यक्रम समाप्ति पश्चात् प्रमुख अतिथि धरम केसीले मन्तव्य दिँदै पाँचै सर्जकलाई सम्मान पत्र र पारिश्रमिक प्रदान गर्नुभएको थियो ।

साहित्य विभागका सदस्य यादव रेग्मीबाट धन्यवाद मन्तव्य दिँदै कार्यक्रमका सभापति सुरेश भट्टद्वारा कविता वाचनसहित कार्यक्रमको विसर्जन गरिएको थियो।

कार्यक्रम समापन पश्चात् आदरणीय लेखकहरूको कृतिहरू बुद्धि सागरको एक्लो, खगेन्द्र लामिछानेको फुर्के, सुविन भट्टराईको मनसुन र इजोरिया, विजय मल्लको कुमारी शोभा, सञ्जीव उप्रेतीको सिद्धान्तका कुरा, गणेश पौडेलको पैताला, विनोद न्यौपानेको सङ्घीयताको अर्थ र राजनीति, डा. भगवान् कोइरालाको हृदय, कृष्ण प्रसाद भट्टराईको मेरो म सुजित मैनालीको सती, प्रदीप रोदनको मफलर, मोहम्मद रमजान अलि मियाँको मैले देखेको कतार, चेतन भगत, ओशो, भागवत गीता, केशव दाहालको मोक्षभुमी र माधव ओ माधवी लगायत दुई दर्जन भन्दा बढी पुस्तक निःशुल्क वितरण भयो ।

पुछार घरेको रिपोर्ट