सावित्रादेवी-अच्युतप्रसाद खतिवडा साहित्य सेवा प्रतिष्ठान विराटनगरले २०७९ सालको सावित्रादेवी-अच्युतप्रसाद खतिवडा हास्यव्यङ्ग्य साहित्य पुरस्कार साहित्यकार आर.सी.रिजाल (हेटौंडा) लाई र सावित्रादेवी-अच्युतप्रसाद खतिवडा शिक्षा पुरस्कार पाणिनि संस्कृत विद्यालय विराटनगरलाई प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त दुवै पुरस्कारको राशि जनही २१०००/ एक्काइस हजार रहेको छ । नेपाली हास्यव्यङ्ग्य विधामा विगत चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि रिजाललाई र संस्कृत शिक्षाको उन्नयनका दिएको योगदानका लागि पाणिनि विद्यालयलाई यो पुरस्कार दिइने निर्णय गरिएको हो ।
उक्त पुरस्कार यसअघि साहित्यकार लक्ष्मण नेवटिया र कलाकार पारस थापालाई प्रदान गरिएको थियो ।
पुरस्कार आगामी वैशाख २२ गते बुद्ध जयन्तीका दिन विराटनगरमा प्रदान गरिने छ । सो कार्यक्रममा प्रतियोगितात्मक हास्यव्यङ्ग्य कविगोष्ठीको समेत आयोजना गरिने भएको छ । गोष्ठीमा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितात्मक हास्यव्यङ्ग्य कविगोष्ठीमा सहभागी हुन चाहने कविले biwashpokharel@gmail.com मा २५० शब्दमा नबढाई आफ्ना अप्रकाशित कविता पठाउन सक्नु हुनेछ ।
प्रतिष्ठानको कार्यसमितिको बैठकले उक्त पुरस्कार प्रदान गर्ने र कविगोष्ठी गर्ने निर्णय गरेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।