प्रख्यात समालोचक डा. देवी नेपालका दिवंगत पिता कुबेर नेपाल तथा माता मनको स्मृतिमा कुबेर-मन छात्रवृत्ति कोष स्थापना गरिएको छ । स्वर्गीय कुबेरनाथ नेपालको निधन भएको तेह्रौँ पुण्यतिथिको अवसर पारी सो कोष स्थापना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

डा. देवी नेपाल, टीका पौडेल, खेगेन्द्रप्रसाद नेपाल, कोपिला काफ्लेले धनमाया-गोपाल घिमिरे, गोमा-नारद अधिकारी, मङ्गला-लक्ष्मी मिश्र, जानुका-राम दाहाल सहितको उत्प्रेरणामा यो पुरस्कार कोष स्थापना गरिएको डा. नेपालले बताउनुभयो ।

यस कोषको ब्याजबाट उठेको रकमबाट स्थानीय जनजागृति माविमा अध्ययन गर्ने अल्पसंख्यक तथा सीमान्तकृत समुदायको उन्नयनमा खर्च गरिने बताइएको छ ।

डा. नेपालका पिता कुबेरनाथ नेपाल २००३ साल जेठ १९ गते जन्मनु भएको थियो । उहाँले २०७७ सालमा कुबेर मनका अनुभूति कवितासङ्ग्रह प्रकाशित गर्नुभएको छ ।