रुलर डेभलपमेन्ट एण्ड रिसर्च फाउन्डेसन तथा क्रांतिधरा साहित्य अकादमीद्वारा हिन्दी अकादमीकाे सहयोगमा भारत उत्तर प्रदेशको बनारस शहरमा दुई दिने काशी काव्य महोत्सव आयाेजना हुने भएको छ ।
आगामी १३-१४ मे २०२३ ( वैशाख ३०-३१ ) मा विविध कार्यक्रम आयायाेजना गरी सम्पन्न हुने उक्त महोत्सवमा भारतका सबै प्रान्त र विदेशबाट ३०० भन्दा विशिष्ट साहित्यकारहरूको उपस्थिति रहने बताइएको छ।
उक्त महाेत्सवमा कविताका साथै चारु वाचन तथा चारु-सम्मानको एक छुट्टै विशेष कार्यक्रमसमेत राखिएको चारु साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष डा. देवी पन्थीले जानकारी गराउनु भएकाे छ।
कार्यक्रमको मुख्य आयोजक ग्रीनमेनको तर्फबाट अरबिन्द कुमार आजाद तथा सह आयोजकमा क्रान्तिधरा साहित्य अकादमी मेरठको तर्फबाट डा. विजयकुमार पंडित रहनुभएको छ। यो कार्यक्रम नेपाल भारत साहित्य महोत्सवको कडीको रूपमा जोडिने समेत डा. पन्थीले जानकारी गराउनु भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 





