बाहिरी विश्वमा छरिएर बसेका नेपालीको यात्रा क्रम र अनुभूतिलाई सम्झाउने गरी ‘यात्रा : नियात्रा’ प्रकाशित भएको छ ।
गैर आवासीय नेपाली संघ(एनआरएन)को नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले संयोजन गरेर प्रकाशित संग्रहमा नेपाली स्रष्टाले देखेको बाहिरी विश्वको चित्र–चरित्र र यात्राका अनुभूतिलाई विभिन्न २७ नियात्राबाट देखाउन खोजिएको छ।
यस नियात्रा कृतिका सम्पादक हिक्मत थापा र महेश्वर पन्त हुनुहुन्छ ।
गैरआवासीय नेपाली संघको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले गरेको आह्वानमा एक वर्षको अवधिमा ३ दर्जनभन्दा बढी नियात्रा रचना संकलित भएकोमा भूगोल, विषय र विविधता आधारमा २७ वटा रचनालाई यो संकलनमा राखिएको थापाले जानकारी दिनुभयो ।
संग्रहमा इन्डोनेसिया, फ्रान्स, जापान, वर्मा, भुटान, नर्वे, सेसेल्स, नामिबिया, भियतनाम, साइप्रस, इटाली, अमेरिका, बेलायत, कतार सहितका मुलुकमा रहेका लेखक वा ती देशको यात्रा अनुभूतिमा लेखिएका रचना संग्रहमा राखिएको छ ।
संग्रहमा पत्रकार ददी सापकोटा, थानेश्वर सापकोटा, दुर्गा विनय, जीवा लामिछाने, विजय हितान, गीता खत्री, विमल सुवेदी, भारती गौतम, दीपक भट्टराई, डा. शिवराज भट्टराई, पदम विश्वकर्मा जस्ता लेखन कार्यमा सक्रिय स्रष्टाका नियात्रालाई समेटिएको छ ।
‘यो संसारभरमा रहेका नेपालीको प्रतिनिधि यात्रा–अनुभूति हो, यस्तै विषयगत र विधागत रुपमा भिन्न संग्रहहरु प्रकाशित गर्दै लैजाने योजनमा समिति रहेको छ,’ संयोजक थापाले भन्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 





