नेपाली भाषा -साहित्य ,इतिहास ,दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञाप्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभाका प्रमुख अतिथि , माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभयो ।

यस अवसरमा उहाँले नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अङ्गिकार गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी उद्घाटन सत्रका सभाध्यक्ष तथा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपालको सम्पूर्ण साहित्य ,भाषाभाषी ,संस्कृतिको प्राज्ञिक खोज-अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी आफ्नो स्वागत मनतव्यका क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले प्राज्ञिक क्षेत्रको समष्टि रूप नै प्रज्ञा हो भन्नुभयो

भाषा आयोगका माननीय अध्यक्ष गोपाल ठाकुरले समग्र भाषाहरूको उत्थान र विकासमा जोड दिँदै नेपाल प्रज्ञाप्रतिष्ठानसँग सधैँ समन्वय गर्दै अघि बढ्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले स्रष्टाहरूको प्रतिलिपी अधिकार सुरक्षित गर्नेमा आफू तत्पर रहेको बताउनुभयो ।

यस प्राज्ञ सभाको उद्घाटन सत्रलाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति नारदमुनि हार्तम्छालीले प्राज्ञिक क्षेत्रको सर्वाङ्गीण विकासका लागि आफू लागि पर्ने बताउनुभयो ।

त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति निशा शर्माले एकआपसमा सांस्कृतिक क्षेत्रको उन्नायन र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

उद्घोषण यस प्रज्ञाप्रतिष्ठानका अभिलेख सङ्ग्रहालय प्रमुख सन्ध्या पहाडीले गर्नुभएको थियो ।