श्रीधर लामिछानेद्वारा लिखित ‘सहज बुढ्यौली’ नामक पुस्तक शनिबार विमोचन गरियो ।

पुस्तकलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्र राय यादव लगायतले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

पुस्तकको प्रकाशक इष्टर्नल पव्लिकेशन प्रालि काठमाडौं रहेको यो पुस्तक २ सय ६४ पृष्ठको छ भने यसको मूल्य तीन सय र पाँच सय रहेको छ ।

१५ उपशीर्षकमा लेखिएको यो पुस्तकको पुस्तकका लेखक लामिछानेले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम समाजसेवामा लगाउने घोषणा गर्नुभयो । सो रकम गैरनाफामुखी संस्था रामेन्द्र सेवा कोषलाई प्रदान गर्ने जनाउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल (९५ वर्ष), डा गौरीशंकर लाल दास (९९ वर्ष)लगायतले पुस्तकका विविध पक्षबारे चर्चा गर्नुभएको थियो । साहित्यकार चेतनाथ कँडेल, पुस्तकका सम्पादक श्रीष भण्डारी लगायतले पनि पुस्तकका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।