मकवानपुरे साहित्यकार एवम् साहित्यिक अभियन्ता दीपक गाैतमकाे पहिलाे गीत एक कार्यक्रमका बीच सार्वजनिक गरिएकाे छ ।
दुई वर्षअघि रेकर्ड गरिएकाे देशभक्ति भावकाे गीतकाे भिडियाे तयारीका लागि केही समय लागेकाले गीत सार्वजनिक गर्न विलम्ब भएकाे गीतकार गाैतमले जानकारी दिनुभएको छ ।
‘मेची जगाओैँ महाकाली जगाओैँ’ बाेलकाे उक्त गीतमा नेपालले सुगाैली सन्धिकाे क्रममा गुमाएकाे भूमि फिर्ता पाउनुपर्ने र आफ्नाे देशकाे सीमारक्षाका लागि हरेक देशभक्त नेपाली नागरिक जागरुक भई लाग्नुपर्ने देशभक्त एवम् क्रान्तिकारी विचार अघि सारिएकाे छ ।
गीतकार गाैतमकाे शब्दरचना रहेकाे उक्त गीतमा गायक रामकृष्ण ढकालकाे स्वर रहेकाे छ भने सङ्गीतकार तुलाराम थापाले सङ्गीत संयाेजन गर्नुभएकाे छ ।
किशाेर बालबालिकाहरूकाे नेतृत्वमा रहेकाे संस्था नवसर्जक साहित्य चाैतारी नेपालका संरक्षकसमेत रहेका गाैतमले चाैतारीकै चियापान कार्यक्रमका क्रममा सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिल, साहित्यकार रमेशमाेहन अधिकारी र नवसर्जककी अध्यक्ष प्रसन्ना चाैलागाईँले संयुक्त रूपमा किताबघर, हेटाैँडामा सार्वजनिक गर्नुभएकाे हाे ।
म्युजिक भिडियाे प्रस्तुतिपश्चात् कवि, गीतकार एवम् सङ्गीतकार पुरुषाेत्तम आचार्यले गीतप्रतिकाे समीक्षात्मक टिप्पणी राख्नुभएकाे थियाे ।
कार्यक्रममा मकवानपुरका तिनै पुस्ताका गरी ४० जनाकाे उपस्थिति रहेकाे थियाे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।