हेटौँडा उपमहानगरपालिका १० नं.वडा कार्यालय र आँचल साहित्य कला पुञ्ज मकवानपुरकाे संयुक्त आयाेजनामा २०८० वैशाख ५ गते पारिजात स्मृति दिवसको सन्दर्भमा ‘पारिजात’ विषयक खुला कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

सो कविता प्रतियोगितामा भाग लिन इच्छुक कविहरूले २५० शब्दसम्मको, ‘पारिजात’ विषयक कविता लेख्नुपर्ने तर शीर्षक खुला रहनसक्ने बताइएको छ ।

कविता वैशाख ४ गते साँझ ५ बजेसम्म पुष्पलाल स्मृति पुस्तकालय, विद्यार्थी पुस्तक पसल, किताबघर र हेउनपा वडा नं. १० को कार्यालयमध्ये कुनै एक ठाउँमा बुझाउन सकिने बताइएको छ ।

कार्यक्रम २०८० वैशाख ५ गते ‘पारिजात स्मृति दिवस’को सन्दर्भमा दर्शन पार्टी प्यालेसको सभाहलमा दिउँसो १:३० बजे हुने छ ।

कार्यक्रममा पुरस्कृत कविहरूलाई प्रमाणपत्रसहित प्रथम पुरस्कार रू .६,०००/-, द्वितीय पुरस्कार रू. ४,०००/-, तृतीय पुरस्कार ३,०००/- र सान्त्वना पुरस्कार रू. १०००/- का दरले प्रदान गरिनेछ।

थप जानकारीका लागि ९८४५१४९०८८, ९८४५२८७५५२, ९८४५१६४५४२, वडाअध्यक्ष ९८५५०६७९९२ र १० नं. वडा कार्यलय ०५७५२०८६८ लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।