लेकाली सल्लाहकारमा मनोनित
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई मनोनयन गरिएको फेस्टिवलका अध्यक्ष डा. विजय पण्डितले बताएका छन् ।
मेरठ लिटरेचर फेस्टिवलले भारत र नेपालमा अन्तर्राष्ट्रियस्तरको साहित्यिक फेस्टिवलको आयोजना गर्ने गर्छ । क्रांतिधरा साहित्य अकादमीले दुई ओटा मुख्य साहित्यिक कार्यक्रमको आयोजना गर्ने गर्छ । जसमध्ये पहिलो मेरठ लिटरेचर फेस्टिवल भारतमा र दोस्रो इंडो नेपाल लिटरेचर फेस्टिवल नेपालमा । यस संस्थाले पर्यावरण संरक्षण र साहित्यिक सेवामा विगत दस वर्षदेखि निरन्तर कार्य गर्दै आइरहेको छ ।
संस्थाका अध्यक्ष डा. विजय पंडित संस्थापक अध्यक्ष पनि हुन् । यसले विश्वभरिका साहित्यिक तथा सामाजिक विभूतिहरुलाई जोडेर राख्दै आएको छ ।
मेरठ लिटरेचर फेस्टिवलको मुख्य उद्देश्य ‘वसुधैव कुटुंबकम’ को भावनाका साथ सम्पूर्ण विश्वमै साहित्यको माध्यमबाट मनसित मन जोडनु, एकअर्काको लेखनका बारे जानकारी गराउनु, अनुवाद, प्रकाशन, विचारको आदान-प्रदान, परस्पर सहयोगको भावना, पठन-पाठन एवं साहित्यको दायरा विस्तार गर्नु तथा नवोदित र गुमनाम लेखकलाई वरिष्ठ साहित्यकारहरुको सानिध्यमा एक अन्तर्राष्ट्रीय मञ्च प्रदान गर्नु रहेको छ ।
क्रांतिधरा मेरठमा प्रत्येक वर्ष आयोजना गरिने तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक आयोजना क्रांतिधरा मेरठ साहित्यिक महोत्सव (मेरठ लिटरेचर फेस्टिवल) मा सम्मान चयन समितिद्वारा चुनिएका साहित्यिक विभूतिहरुलाई निम्न सम्मान प्रदान गर्ने गरिन्छ :
१. संत गंगा दास स्मृति सम्मान
२. गीतकार भारतभूषण स्मृति सम्मान
३. शायर हफीज़ मेरठी स्मृति सम्मान
४. पं. मुखराम शर्मा स्मृति सम्मान
५. आदिकवि भानुभक्त आचार्य स्मृति सम्मान (नेपाली साहित्यकारका लागि)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।