भरतपुर / चैत्र २६ गते भरतपुर प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई एकै साथ आठ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ । प्रतिष्ठानले आइतबार एक कार्यक्रमका बीच फरक–फरक आठ वटा विधामा पुरस्कार समर्पण गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।
प्रतिष्ठानले नारायणी प्रज्ञा सम्मान सहित्यकार तथा गीतकार प्रेमविनोद नन्दनलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १ लाख ७८ रुपैयाँ रहेको छ । नेपाली भाषा, साहित्य, कला–संकृतिकविताका क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै नारायणी प्रज्ञा सम्मानबाट गरिएको हो भने भरतपुर प्रज्ञा सम्मानबाट कलाकार ऋद्धिचरण श्रेष्ठलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ । श्रेष्ठलाई नेपालको कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
चित्रवन राष्ट्रिय प्रज्ञा पुरस्कारबाट प्रा.डा. लक्षमणप्रसाद गौतमलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ । याे पुरस्कार राष्ट्रिय क्षेत्रमा याेगदान दिने स्रष्टालाई समर्पण गरिन्छ । यसरी नै कृष्ण बम मल्ल पुरस्कारबाट डिआर पोखरेललाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि पनि ५० हजार ७८ रुपैयाँ रहेको छ । वागीश्वरी प्रज्ञा पुरस्कारबाट स्रष्टा गायत्री श्रेष्ठलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ रहेको छ । भरतपुर प्रज्ञा पुरस्कारबाट स्रष्टाहरू पोषराज पौड्याल, डा.एकनारायण पौड्याल र सिर्जन अविरललाई सम्मानित गरिएको छ । यी पुरस्कारको राशि २५/२५ हजार ७८ रुपैयाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।