अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीको सल्लाहकारमा गीता खत्री, तीर्थराज अधिकारी, पुरू सुवेदी, रोहिणी शर्मा र सीता पाण्डे चयन गरिएको छ ।
अनेसास न्युयोर्क च्याप्टरको अध्यक्ष, केन्द्रीय महासचिव, केन्द्रीय अध्यक्ष, बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष तथा अध्यक्षका रूपमा खत्रीले काम गरिसक्नु भएको छ ।
यस्तै तीर्थ अधिकारी बोर्ड अफ ट्रस्टीको पूर्व सदस्य रहिसक्नु भएको छ ।
पुरू सुवेदीले अनेसासको संस्थापक सदस्य, पूर्व केन्द्रीय अध्यक्ष, पूर्व बोर्ड अफ ट्रस्टीको उपाध्यक्षका रूपमा कार्यभार सम्हालिसक्नु भएको छ ।
रोहिणी शर्माले भने अनेसासकत्र स्थापनाकालदेखि नै विभिन्न सहयोग गर्दै आउनु भएको छ । उहाँले यसअघि पूर्व उपाध्यक्षका रूपमा योगदान दिनुभएको थियो ।
सीता पाण्डेले विगतमा पुरस्कार समितिको अध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा रही कार्य गरिसक्नु भएको छ ।
अनेसासकत्र विधान बमोजिम बोर्ड अफ ट्रस्टीको हालै सम्पन्न बैठकमा सो निर्णय गरिएको ट्रस्टीका महासचिव प्रकाश नेपालले जनाउनुभएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।