काठमाडौँ, चैत्र २७ / मन्जुश्री साहित्यिक समाजको ८ औँ वार्षिकोत्सव नागार्जुन भ्याली एकेडेमी रानीवन, काठमाडौंमा सम्पन्न भयो ।
समाजका अध्यक्ष डा,बम बहादुर थापा जितालीको सभापतित्व एवम् प्रा.रामकुमार पाँडेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गीतकार प्रा.डा.कृष्णहरि बराललाई रु १५१२५/-नगदसहित बिपी-भूपी पुरस्कार संस्थापक प्रा. गङ्गा लिगल र श्रीराम सिंह बस्नेतले प्रदान गर्नुभयो ।
सो अवसरमा मन्तव्य दिनु हुँदै पाँडेले अवकाशप्राप्त व्यक्तिहरूलाई साहित्यिक थलो प्रदान गरेर बुढ्यौली साहित्यतर्फ आकर्षण साथै जीवनलाई साहित्य समाजले सहजता बनाएकोमा खुशी लागेको बताउनु भयो ।
कार्यक्रममा नागार्जुन न.पा वडा न. १ वडा सदस्य रामप्रसाद खनाल, प्रा. देवी पन्थी, वरिष्ठ गायिका चन्द्रकला शाह अतिथिका रूपमा हुनुहुन्थ्यो । उहाँहरूले मन्जुश्री समाजले गरेको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भयो ।
मन्जुश्री साहित्यिक समाजकी कार्यसमिति सदस्य प्रभा बरालको उद्घोषण र सचिव वीरबहादुर लाेहनीकाे स्वागत भाषणमा भएको कार्यक्रममा गायक शिव गाैतमले जहाँ छन् बुद्वका आँखा गीत गाउनु भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा रचना वाचन गरिएको थियो । दुर्गा अधिकारी भ्रमरकाेटे, पाेम रेग्मी, सीताराम घिमिरे, शान्ति सापकोटा, जनार्दन अधिकारी धड्कन, एन बी जनकपुरी, चुडा निर्भीक, घननाथ पाैडेल, टेकबहादुर लाैडारी, सुरेश चन्द्र घिमिरे , कल्पना भट्टराई, डा. मेघराज अधिकारी, बालकृष्ण सुवेदी, सूर्यकुमार पण्डितले आफ्ना कविता,चारु,खोरिया,सुसेली आदि वाचन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।